माइमझुवाका स्थानीयलाई १८ थान स्टेचर

पालिकाले यो वर्ष दुई लाख ११ हजार बराबरकोे स्टेचर तीन वटा वडामा वितरण गर्ने


याम माबोहाङ लिम्बू  120 पटक हेरिएको

माइमझुवाः इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ माइमझुवाका स्थानीयलाई बुधबार स्टेचर वितरण गरिएको छ ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत महिला स्वाथ्य स्वयंसेविका मार्फत १८ थान स्टेचर वितरण गरिएको वडा अध्यक्ष सनम राईले जानकारी गराए ।

गाउँपालिकाको कार्यक्रम अन्तर्गत अपाङ्गता भएका तथा बिरामीलाई सडकमा आउँने गाडिसम्म पुर्‍याउँन सहज होस भन्ने उद्देश्यले स्टेचर वितरण गरिएको हो ।

स्टेचर वितरण कार्यक्रमले माइमझुवाको तीन टोल विकास समितिमा बाँडिएको २२ वटा बस्तीका बिरामी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी लगायतलाई सहज हुँने वडा अध्यक्ष राईले बताए ।

स्टेचर बस्तीको आमा समूहले पायक पार्ने ठाउँमा राखेर उपयोग गर्न स्वयंसेविकाले सहजिकरण गर्ने गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख मनोजकुमार यादवले जानकारी गराए ।

उनका अनुसार गाउँपालिकाको कार्यक्रम अन्तर्गत यो वर्ष दुई लाख ११ हजार बराबरकोे स्टेचर तीन वटा वडामा वितरण गर्ने योजना अनुसार स्टेचर वितरण गरिएको हो ।

‘यो वर्षमा वडा नम्बर २, ४ र ५ लाई स्टेचर दिइने छ । स्वाथ्य शाखा प्रमुख यादवले भने-कार्यक्रम अनुसार अर्को वर्षमा वडा नम्बर १ र ३ वितरण गर्दै सबै वडामा स्टेचर सुविधा पुर्‍याइने छ ।’

कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार