पहिचावादीले गरेको दुर्व्यवहार प्रति इलामका पाँच संस्थाको गम्भिर ध्यानाकर्षण

शान्तिपूर्ण वार्ता, छलफल र सम्वादको माध्यमबाट समस्याको समाधान खोजी गर्न सम्बद्ध पक्षलाई आग्रह


सेवारो खबर  176 पटक हेरिएको

इलामः कोशी प्रदेशको उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका उपनेता रामबहादुर रानालाई पहिचावादीले गरेको दुर्व्यवहार प्रति इलामका पाँच संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

मानव अधिकार मञ्च नेपाल, गैर सरकारी संस्था महासंघ, उच्च बार एसोसिएसन, जिल्ला बार एसोसिएसन र मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह इलामले आज (शुक्रबार) एक बिज्ञप्ती जारी गर्दै दुर्व्यवहार घटनामा ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तीमा लेखिएको छ-‘प्रदेशको नामाकरणको विषयलाई लिएर पछिल्लो समयमा विकसित भएको पहिचान र बहुपहिचानको सन्दर्भमा यस प्रदेशमा भएको हिंसात्मक क्रियाकलापले जनधनको क्षति भएकाले र नागरिकको सम्मानपूर्वक बाँच्न पाउँने, स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउँने हकहरू हनन् भएकोले मानव अधिकारको उल्लंघन भएको छ ।’

मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्मा, गैर सरकारी संस्था महासंघका अध्यक्ष कमल प्रसाद नेपाल, उच्च बार एसोसिएसनका अध्यक्ष उत्तम पौडेल, जिल्ला बार एसोसिएसनका अध्यक्ष तारानाथ पराजुली र मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूहका महासचिव प्रदिप अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तीमा शन्तिपूर्ण रूपमा प्रदर्शन गर्ने, विचार अभिव्यक्ति दिन पाउँने, स्वतन्त्र रूपमा आवागमन गर्न पाउँने प्रत्येक नागरिकको सवैधानिक हक हुनका साथै मानव अधिकारका अन्तराष्ट्रिय मान्यताहरू समेत हुन । यी र यस्ता आधारभूत विश्वव्यापी मान्यताहरू माथि प्रहार हुनु भनेको मानव अधिकारको गम्भिर उल्लंघन हुनु हो ।’

‘हिंसात्मक र अमानवीय घटनलाई घटाउँने जो कोहीलाई कानुन बमोजिम कारबाही गरी दण्डहिनतालाई निरूत्साहित गर्दै यस्ता घटनलाई रोक्दै शान्तिपूर्ण वार्ता, छलफल र सम्वादको माध्यमबाट समस्याको समाधान खोजी गर्न, मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारीको सम्मान र सरक्षण गर्न सम्बद्ध पक्षहरूलाई हार्दिक आग्रह गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार