सांगठनिक अभिमुुखिकरण तथा जागरण अभियान सम्पन्न


सेवारो खबर  326 पटक हेरिएको

इलामः लिम्बु विद्यार्थी मञ्च इलामले आइतबार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणामा सांगठनिक अभिमुखिकरण तथा जागरण अभियान सम्बन्धि जानकारी गराइएको बताएको छ ।


अभिमुखिकरणमा लिम्बू विद्यार्थी मञ्च यसले गर्ने काम कर्तव्य र क्षत्राधिकारको विषयमा जानकारी गराइएको थियो ।

यस्तै अधिकार र पहिचान के हो ? पहिचान किन चाहिन्छ ? १ नम्बर प्रदेशको नाम कोशी किन नमान्ने ? प्रदेशको नाम किराँत लिम्बुवान नै किन ? कोशी नाम रहिरहे के हुन्छ? किराँत लिम्बुवान नाम भए के हुने ? भन्ने विषयमा छलफल भएको थियो ।


किरात याक्थुुङ चुुम्लुुङ प्रदेश सल्लाहकार तथा अधिवक्ता यामप्रसाद योङहाङले संविधानमा पहिचानको विषयको बारेमा जानकारी गराए । यसका साथै वर्तमानमा पहिचानको सवालको छलफल गराएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सचिव याम राई, किरात याक्थुुङ चुम्लुुङकी अध्यक्ष बुुद्धमाया सोङ्मी, लिम्बुु विद्यार्थी मञ्चका बरिष्ठ उपाध्यक्ष राम लिङ्दमले सहजिकरण गरेका थिए ।

लिम्बू विद्यार्थी मञ्च इलामका अध्यक्ष राजेन्द्र फागोको अध्यक्षतमा सम्पन्न जागरण अभियानमा मञ्चका पदाधिकारीको सहभागिता रहेको थियो ।

लिम्बू विद्यार्थी मञ्चले देश व्यापी एक दिवसीइ साङ्गठानिक अभिमुखिकरण तथा जागरण अभियान अन्तर्गतको प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार