चुलाचुली गाउँपालिका मेलमिलाप सम्बन्धि आधारभूत तालिम


सेवारो खबर  124 पटक हेरिएको


चुलाचुलीः चुलाचुली गाउँपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धि आधारभूत तालिम बिहिबार शुरू भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने तालिमको उत्घाटन समारोहमा मेलमिलापकर्ताहरू न्यायिक समितिको विवाद समाधान प्रक्रियामा आधारभूत अङ्ग भएको बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले न्यायिक समितिको न्याय सम्पादन प्रक्रियामा मेलमिलापकर्ताको भूमिका प्राथमिक भएकोले विवाद व्यवस्थापनको सीप अनिवार्य भएको बताए ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक दिलु योङहाङले न्यायिक समितिको विवाद व्यवस्थापनमा मेलमिलापकर्ताको भूमिकालाई सहज सीपयुक्त बनाउँन तालिमको आयोजना गरिएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले न्यायिक समितिको विवाद व्यवस्थापनमा मेलमिलापकर्ताको तालिमले सहयोग मिल्ने बताए ।

मानव अधिकार मञ्च नेपाल इलामका मनकुमार बराइली र याम माबोहाङ लिम्बूले सहजिकरण गर्ने तालिमममा विवाद व्यवस्थापनको आधारभूत सीप, न्यायिक समितिको विवाद व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार