आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धि तालिम सम्पन्न


सेवारो खबर  323 पटक हेरिएको

इलाम: इलामका आदिवासी जनजाति पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

फाकफोकथुम गाउँपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा दुई दिवसीय तालिम सम्पन्न भएको हो ।

तालिममा आदिवासी जनजातिको विषयमा समाचारका विषयवस्तुु, पहिचानको मुद्दामा आदिवासी जनजाति पत्रकारहरूको भूमिका, सांगठनिक विकास, फोनिज र पत्रकार महासंंघको सम्बन्धका विषयमा जानकारी गराइएको थियो ।


तालिममा जिल्लाका १२ जना क्रियाशील आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको तालिममा फोनिजका संघीय उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख अमरध्वज लामा र फोनिजका निवर्तमान संघीय उपाध्यक्ष दिपीन राईले सहजीकरण गरे ।
फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको तालिममा फोनिज प्रदेश सदस्य अतित योङहाङको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार