खान्द्रुङ माध्यमिक विद्यालय परिसरमा नियमित सरसफाई


सेवारो खबर  98 पटक हेरिएको

देउमाईः देउमाई नगरपालिकाको खान्द्रुङ माध्यमिक विद्यालय परिसरमा नियमित सरसफाई सम्पन्न भएको छ ।

प्रत्येक महिनाको दोस्रो शनिबार सामुदायिक कामका लागि श्रमदान थालेको विद्यालयले विद्यालय परिसरमा सरसफाई र फूलको बिरुवा रोप्दै कार्यक्रम सम्पन्न गरेको हो ।

सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघका पदाधिकारी, फूलबारी तथा सजावट व्यवस्थापन समितिका पदधिकारी, सिध्दिथुम्का महिला वहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी, गैरी गाउँ-खान्द्रुङ्ग मावि सहयोग प्रवर्धन मञ्चका पदाधिकारी, शिक्षक तथा कर्मचारी वर्ग लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको प्रधानाध्यापक काजिमान येक्तेनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार