फाकफोकथुम गाउँपालिकाकाे १४ ‍औं गाउँ गाउँसभाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम


सेवारो खबर  105 पटक हेरिएको

गाउँपालिकाको उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, परिषद् सदस्यज्यूहरु सबैलाई १४ ‍औं गाउँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु । लोकतान्त्रिक नेपाल निर्माणका विभिन्न आन्दोलनहरुमा शाहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शहिदले देखाएको वाटोमा अविचलित भई हिड्ने प्रतिज्ञा गर्दछु । फाकफोकथुम गाउँपालिकाको यो गरिमामय सभामा फाकफोकथुम गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

परिषद सदस्यज्यूहरु, गाउँपालिकाको विकास र समृद्धिका लागि कानुनी दायरामा रही नेपालको संविधानले दिएका हक अधिकारको प्रत्याभूति गर्न, गराउन हामी प्रतिवद्ध रहने छौं । फाकफोकथुम गाउँपालिकाका सडक पूर्वाधारको सुधार गर्नु हाम्रो पहिलो कर्तव्य हुन आएको छ । यही कुरालाई मध्यनजर राखी गाउँपालिकाले कार्य गर्दै आएको छ । विगत एक बर्षमा गाउँपालिकाको वडा नं. १ र ५ बाट गाउँपालिका केन्द्र आउन केही समस्या भएको भएता पनि अन्य वडावाट गापा केन्द्र आउने सडकको स्तरोन्नति भई यातायातमा आशिंक सहजता भएको छ । त्यसै गरी गापा केन्द्र र सवै वडावाट जिल्ला सदरमुकाम जाने सडक केही हदसम्म स्तरोन्नति भई यातायात सञ्चालनमा आंशिक रुपमा सहजता भएको छ । जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने स्वच्छ पिउने पानी प्राप्त गर्नु नागरिकको अधिकार हो । आगामी आर्थिक बर्षमा स्वच्छ पिउने पानीको अति आवश्यक क्षेत्रको पहिचान गरी संघ र प्रदेश सरकारसंग समन्वय गरी समस्या समाधानका लागि कार्य अगाडी बढाउने नीति लिइनेछ । जनतासँग प्रत्यक्ष जोडिएर कार्य गर्ने सरकारको रुपमा रहेको स्थानीय सरकारवाट सेवाग्राहीको छिटो छरितो ढंगले सेवा प्राप्त गर्ने अधिकारलाई सूनिश्चित गर्न सूचना तथा प्रविधिको अधिक्तम उपभोग गर्नु पर्दछ । फाकफोकथुम गाउँपालिकाको विकास र समृद्धिका लागि भौगोलिक अवस्था, यहाँका नागरिकहरुका आधारभूत आवश्यकताका आधारमा भौतिक पूर्वाधारको विकास, सामाजिक विकास, आर्थिक विकास, नीतिगत सुधार, विपद्का घटनावाट बच्ने र बचाउने र सुशासनलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका प्राथमिकता तय गरेको छु ।

आगामी आर्थिक वर्ष २०८०।८१ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आम फाकफोकथुमबासी एवं सेवा प्रदायक सरकारी तथा गैर सरकारी कार्यालय एवम् सङ्अघसंस्था, पेशा व्यवसाय, उद्योगी, व्यापारमा आवद्ध महानुभावहरुको सहयोग, सद्भाव, समन्वय र सहकार्य रहने कुरामा विश्वस्त रहेको छु ।

सदस्यज्यूहरु ,

अव म फाकफोकथुम गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम तयार गर्दा लिएका उद्देश्यलाई प्रस्तुत गर्ने अनुमति लिन चाहन्छु  ।

१. पूर्वाधार विकासका आधार तयार गर्ने ।

२. सामुदायिक विद्यालयको भौतिक सुधार गरी शैक्षिक गुणस्तर कायम गर्ने ।

३. पहिचान भएका पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गर्न शुरु गर्ने ।

४. कृषि र पशुपालन पेशा थप व्यवस्थित बनाउँदै व्यवसायिकरणमा जोड दिने ।

५. सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउँदै सुशासनको प्रत्याभूति गराउने ।

६. सार्वजनिक कार्यमा नागरिकहरुको सहभागिता बढाउदै समाज प्रति थप जिम्मेवार बनाउन प्रयत्न गर्ने ।

७. भ्रष्टचार र ढिलासुस्तीको अन्त्य गर्ने ।

फाकफोकथुम गाउँपालिकाको दिर्घकालिन विकासका लागि कृषि, पशु, पर्यटन र रोजगार, समृद्ध फाकफोकथुमको आधार भन्ने सोच तय गरिएको छ । यस सोचलाई पूरा गर्न निम्न अनुसारका नीति तय गरिएको छ ।

शिक्षा क्षेत्र

·सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सुझाव दिन गठित समितिले दिएको प्रतिवेदन माथि छलफल गर्न विज्ञ समूहमा पठाइएको छ । उक्त समूहबाट सुझाव सहित प्रतिवेदन प्राप्त भए पश्चात प्रतिवेदनका आधारमा शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई जोड दिइनेछ ।

·विद्यालयको भौतिक सुधारका प्राथकिताको आधारमा चालु आ.व. मा २५ वटा विद्यालयको मर्मत सम्भार, ६ वटा विद्यालयमा आईसिटि तथा लाईवेरी र दुईवटा विद्यालयको नयाँ भवन निर्माण भएको छ । विद्यालयको अन्य भौतिक सुधार सङंघ र प्रदेश सरकारको सहयोग समेतमा प्राथमिकताका आधारमा सञ्चालन गर्दै लगिनेछ ।

·आगामी दिनमा विद्यालयको नियमित अनुगमनका लागि संयन्त्र तयार गरी विद्यालय अनुगमन गरी विद्यालयको अवस्था समेटिएको प्रतिवेदन वार्षिक रुपमा सार्वजनिक गरिनेछ । साथै विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक र अभिभावकहरुलाई थप जवाफदेही बनाइनेछ ।

·सामुदायिक विद्यालयमा बाल शिक्षा कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।

·आधारभुत तहका विद्यालयहरुमा मातृभाषा कक्षा सञ्चालन शुरु गरिनेछ ।

·प्राविधिक शिक्षा विषयको कक्षा थप गर्न नियमित पहल गरिनेछ ।

·शिक्षा क्षेत्रको समग्र विकासका लागि गाउँ शिक्षा ऐन निर्माण भईसकेको छ भने गाउँ शिक्षा नियमावली निर्माणको चरणमा रहेकोले आगामी आर्थिक वर्षमा उक्त नियमावली निर्माण गरि लागू गरिनेछ ।

·सङ्घीय तथा प्रदेश सशर्त र विषयगत अनुदानका कार्यक्रम कार्यन्यनलाई थप जनमुखी बनाइने छ साथै योजना कार्यान्वयनको प्रभावकारिताको मुल्याङ्कन गरिनेछ ।

·नीजि क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरुको समेत अनुगमन गरी आवश्यक सहयोग तथा नियमन गरिनेछ ।

·विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापलाई थप अनिवार्यता गरिनेछ ।

स्वास्थ्य क्षेत्र 

गाउँ स्वास्थ्य निर्देशिका निर्माणको अन्तिम चरणमा रहेको छ । आगामी आ.व. मा उक्त निर्देशिका कार्यान्वयनमा ल्याइनेछ ।

·स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकको पहुँच सम्म पुर्‍याउन पहल गरिनेछ ।

·स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउन स्वास्थ्य संस्थामा दरवन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्न पहल गरिनेछ ।

·आर्थिक रुपमा विपन्न नागरिकहरुको स्वास्थ्यमा पँहुच अभिवृद्धि गर्न विशेषज्ञ सेवा प्रदायक अस्पतालहरुसँगको समन्वयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइनेछ ।

·आयुर्वेद उपचार पद्धतिलाई थप प्रभावकारी बनाइनेछ ।

पूर्वाधार विकास

·गाउँपालिका केन्द्रबाट सवै वडा कार्यालयसम्म जाने कम्तिमा एक/एक वटा सडक बाह्रै महिना सवारीसाधन सञ्चालन हुने गरी स्तरबृद्धि गरिने कार्य शुरु भइसकेको छ । उक्त कार्यलाई निरन्तरता दिईनेछ ।

·प्रदेश र सङ्घका विषयगत कार्यालय मार्फत सञ्चालन हुने योजना कार्यान्वयन गाउँपालिको योजना अनुरुप सञ्चालन गर्न पहल गरिएको छ, यसलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।

·व्यक्तिको घरबाट सञ्चालन हुँदै आएका खोप केन्द्रहरुलाई सार्वजनिक भवनवाट सञ्चालन शुरु गर्न बहुउपयोग हुने प्रकारका खोप केन्द्र बनाउने कार्यलाई निरन्तरता दिइनेछ ।

·गाउँपालिका केन्द्र रहेको शुक्रवारे बजार कालोपत्रे बनाउने कार्य प्रदेश सरकार र सङ्घीय सरकारसँगको साझेदाारीमा शुरु गरिनेछ ।

·प्रदेश र सङ्घीय सरकारसँगको सहयोगमा विद्यालयहरुको भौतिक सुधार गर्ने कार्यलाई निरन्तरता दिईने छ ।

·यस बर्षवाट गाउँपालिकाको सेवा प्रवाह आफ्नै भवनवाट शुरु गरिनेछ । भाडामा रहेका शाखा कार्यालयहरुलाई आफ्नै भवनमा सारिनेछ ।

·पालिकास्तरिय १५ शैयाको अस्पताल निर्माण कार्य शुरु भएको छ । यसलाई समयमा नै सम्पन्न गर्न आवश्यक समन्वय र खबरदारी गरिनेछ ।

·अस्पताल निर्माण पश्चात दिगो रुपमा विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह गर्न पालिका भित्रका विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने एक जना छात्र वा छात्रालाई लागत सहभागितामा एमविविएस अध्ययन गराउने कार्यक्रम सञ्चालन गरिनेछ ।

·यस पालिका भित्रका सडक पहिचान भईसकेका छन् । उक्त सडकहरुको वर्गिकरण गरी लगतकट्टा गर्ने कार्य शुरु गरिनेछ ।

कृषि तथा पशुपालन

·फाकफोकथुम गाउँपालिकाको आर्थिक उन्नतिको मेरुदण्डको रुपमा रहेको पशुपालन व्यवसाय लम्पीस्किन रोगका कारण निकै धरासायी बनेको छ । यसबाट किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । पशु चौपाया क्षतिको यकिन तथ्याङ्क निकालि किसानहरुलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसँग आवश्यक पहल गरिनेछ ।

·आगामी दिनमा आई पर्न सक्ने यस्ता महामारीबाट ठूलो क्षति हुनबाट बच्न पशु बीमा गर्न किसानहरुलाई सूचित गर्ने कार्य गरिनेछ ।

·किसानहरु मार्फत आवश्यक फलफूल तथा अन्य बोट बिरुवा रोपण गर्न आवश्यक बिरुवा उत्पादनका लागि वन कार्यलयसँगको साझेदारीमा नर्सरी स्थापना गर्ने कार्य शुरु भईसकेको छ । किसानहररुको मागमा आधारित नर्सरी कार्यक्रम सञ्चालन शुरु गरिनेछ ।

·कृषि उत्पादन वृद्धि गरि बजारीकरण गर्न स्वीस सरकारसँगको सहयोगमा सञ्चालित साना सिंचाई कार्यक्रम शुरु गरिनेछ । यस कार्यक्रम मार्फत बजारीकरणलाई जोड दिइनेछ ।

·कृषिमा बढ्दो रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै प्राङ्गारिक मल उत्पादन र प्रयोगमा प्रोत्साहन गरिनेछ ।

·पशुपालन व्यवसायबाट उत्पादित उपजमा फाकफोकथुमको पहिचान राख्न आवश्यक अध्ययन गरिनेछ ।

उद्योग, वाणिज्य र सहकारी

·कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योग खोल्न नीजि क्षेत्रलाई आकर्षित गर्ने नीतिई निरन्तरता दिइनेछ ।

·नीजि क्षेत्रका लगानी कर्ताको लगानी सुरक्षाको नीति तयार गर्न थालिएको छलफललाई निष्कर्षमा पुर्‍याइनेछ ।

·सहकारी संस्थाहरुमा रहेको पुँजीलाई उत्पादक क्षेत्रमा लगानी गरी रोजगारी र उत्पादन बढाउन नीति तयार गरिनेछ ।

·एक घर एक सहकारी सदस्य भन्ने नारा कार्यन्वयनमा रहेको छ । यसलाई थप प्रभावकारी बनाइनेछ ।

·सहकारी संस्थाहरुको नियमनलाई थप प्रभावकारी बनाइने छ ।

·गाउँपालिका भित्र सञ्चालित व्यवसायहरुलाई प्रोत्साहन गर्न अनिवार्य दर्ता प्रक्रिया निरन्तर अगाडि बढाइनेछ ।

सामाजिक सुरक्षा 

·सबै प्रकारका धर्म, संस्कृतिको समान विकासका लागि कार्यक्रम तय गरिनेछ ।

·महामारीजन्य र प्रकोपजन्य रोगबाट बच्न सचेतना लगायत आवश्यक कार्यक्रम तयार गरिनेछ ।

·सामाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुलाई प्रोत्साहन गरिनेछ ।

·सवै घरमा शुद्ध खानेपानी पु¥याउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

·धर्म, संस्कृति, संस्कार संरक्षणको लागि आवश्यक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

·जेष्ठ नागरिकको ज्ञान सीपलाई युवा पुस्ताको जोशमा हस्तान्तरण गर्न जेष्ठ नागरिक मिलन केन्द्र समेत हुने गरी खोप केन्द्र निर्माण गरि सञ्चालन गरिनेछ ।

·अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

·प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी कार्यान्वय गर्न विपन्न घरधुरी सर्वेक्षणका आधारमा अति विपन्न वर्गका बेरोजगारहरुलाई उक्त कार्यक्रममा समावेश गर्न प्रोत्साहन गरिनेछ ।

·सामाजिक न्याय स्थापित गर्न न्यायिक समितिको कार्यलाई छिटो, छरितो र जनमुखी बनाईने छ ।

·मेलमिलाप समिति गठन गरी मेलमिलापका माध्यमबाट सामाजिक न्याय स्थापित गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

·लैङ्गिक हिंसा, घरेलु हिंसा विरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम लाई निरन्तरता दिइनेछ ।

वातावरण र विपद् व्यवस्थापन

·विपद्बाट बच्न सचेतनाका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

·विपद् व्यवस्थापन कोषबाट आवश्यक कार्यक्रम तयार गरि लागू गरिनेछ ।

·सरकारी जग्गामा वृक्षारोपण गर्ने कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।

·सामुदायिक वन सञ्चालन तथा व्यवस्थापनमा गर्न आवश्यक सहयोग गरिनेछ ।

·दिगोरुपमा फोहोरमैला व्यवस्थापनका लागि जग्गा खोज्ने कार्य गरिनेछ ।

·दहत्तर बहत्तर व्यवस्थापनको नीति कार्यान्वयन गरिनेछ ।

युवा र खेलकुद

·एक वडा एक सामुदायिक खेल मैदान निर्माणलाई निरन्तरता दिइनेछ ।

·गाउँपालिकामा सुविधा सम्पन्न कवडहल निर्माणका लागि कार्य शुरु गरिनेछ ।

·पालिका स्तरमा विभिन्न खेलकुदका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

साहित्य तथा पर्यटन

·पालिका स्तरीय प्रतिभा खोज कार्यक्रमलाई व्यवस्थित गरिनेछ ।

·ज्ञानदिलदासको जन्मस्थानको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि आवश्यक समन्वय र प्रचार प्रसारलाई थप प्रभावकारी बनाउँदै बृहत अन्तराष्ट्रिय साहित्य सम्मेलन आयोजना गरिनेछ ।

·पर्यटन प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

·लुम्दे एकीकृत पर्यटन गुरुयोजना निर्माण गर्ने ।

·जलाधार, पानी श्रोत र सिमसार क्षेत्रको संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

विद्युतीकरण

·उज्यालो फाकफोकथुम कार्यक्रम अन्तरगत सवै क्षेत्रमा केन्द्रिय विद्युतीकरण आगामी दुई वर्ष भित्र पुग्ने गरी आवश्यक कार्य गरिनेछ ।

·समुदायको लगानीमा सञ्चालित लघु जलविद्युत आयोजनाको संरक्षणमा सहयोग गरिनेछ ।

·लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिनेछ ।

·गाउँपालिका भित्रका बजार क्षेत्रमा सडक बत्तीको व्यवस्था गर्न आवश्यक पहल गरिनेछ ।

 

सूचना तथा सञ्चा

·गाउँपालिका कार्यालयसँग गाउँपालिका भित्रका अन्य कार्यालयहरु र वडा कार्यालयहरुबाट केन्द्रिकृत सञ्चार प्रणाली (इन्ट्रानेट) जडान कार्यलाई अगाडि बढाइने छ ।

·इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी इन्टरनेटको सेवा विस्तार गरिनेछ ।

·स्थानीय सञ्चारगृहको प्रवर्द्धन तथा विकास गरिनेछ ।

सिंचाई

·साना सिंचाई कार्यक्रम संचालन गरिनेछ ।

·अन्य सिंचाई कूलोहरुको जोखिमयुक्त स्थानमा मर्मत सम्भार गरी सिंचाई सुविधालाई व्यवस्थित गरिनेछ ।

दिर्घकालिन विकास रणनीति

·गाउँपालिकाको दिगो विकासका लागि जनगणना २०७८ लाई आधार मानि आवधिक गुरुयोजना, गाउँपालिकाको अवस्था झल्कने वृत्तचित्र, संगठन तथा व्यवस्थापन सर्वेक्षण, गाउँपालिकाको जग्गा वर्गीकण गर्ने जस्ता कार्य अन्तिम चरणमा पुगिसकेको छ भने अनलाइन प्रविधिबाट गाउँपालिकाको वस्तुगत विवरण तयार गर्ने कार्य यो वर्ष शुरु गरिनेछ ।

·दिगो विकासका लक्ष्यहरुलाई स्थानीयकरण गर्दै लैजाने क्रमलाई निरन्तरता लिइएको छ ।

संस्थागत विकास तथा सेवा प्रभाव

एक वडा एक सामुदायिक खेल मैदान निर्माणलाई निरन्तरता दिइनेछ ।

·गाउँपालिकामा सुविधा सम्पन्न कवडहल निर्माणका लागि कार्य शुरु गरिनेछ ।

·पालिका स्तरमा विभिन्न खेलकुदका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

साहित्य तथा पर्यटन

·पालिका स्तरीय प्रतिभा खोज कार्यक्रमलाई व्यवस्थित गरिनेछ ।

·ज्ञानदिलदासको जन्मस्थानको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि आवश्यक समन्वय र प्रचार प्रसारलाई थप प्रभावकारी बनाउँदै बृहत अन्तराष्ट्रिय साहित्य सम्मेलन आयोजना गरिनेछ ।

·पर्यटन प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

·लुम्दे एकीकृत पर्यटन गुरुयोजना निर्माण गर्ने ।

·जलाधार, पानी श्रोत र सिमसार क्षेत्रको संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

विद्युतीकरण

·उज्यालो फाकफोकथुम कार्यक्रम अन्तरगत सवै क्षेत्रमा केन्द्रिय विद्युतीकरण आगामी दुई वर्ष भित्र पुग्ने गरी आवश्यक कार्य गरिनेछ ।

·समुदायको लगानीमा सञ्चालित लघु जलविद्युत आयोजनाको संरक्षणमा सहयोग गरिनेछ ।

·लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिनेछ ।

·गाउँपालिका भित्रका बजार क्षेत्रमा सडक बत्तीको व्यवस्था गर्न आवश्यक पहल गरिनेछ ।

 

सूचना तथा सञ्चा

·गाउँपालिका कार्यालयसँग गाउँपालिका भित्रका अन्य कार्यालयहरु र वडा कार्यालयहरुबाट केन्द्रिकृत सञ्चार प्रणाली (इन्ट्रानेट) जडान कार्यलाई अगाडि बढाइने छ ।

·इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी इन्टरनेटको सेवा विस्तार गरिनेछ ।

·स्थानीय सञ्चारगृहको प्रवर्द्धन तथा विकास गरिनेछ ।

सिंचाई

·साना सिंचाई कार्यक्रम संचालन गरिनेछ ।

·अन्य सिंचाई कूलोहरुको जोखिमयुक्त स्थानमा मर्मत सम्भार गरी सिंचाई सुविधालाई व्यवस्थित गरिनेछ ।

दिर्घकालिन विकास रणनीति

·गाउँपालिकाको दिगो विकासका लागि जनगणना २०७८ लाई आधार मानि आवधिक गुरुयोजना, गाउँपालिकाको अवस्था झल्कने वृत्तचित्र, संगठन तथा व्यवस्थापन सर्वेक्षण, गाउँपालिकाको जग्गा वर्गीकण गर्ने जस्ता कार्य अन्तिम चरणमा पुगिसकेको छ भने अनलाइन प्रविधिबाट गाउँपालिकाको वस्तुगत विवरण तयार गर्ने कार्य यो वर्ष शुरु गरिनेछ ।

·दिगो विकासका लक्ष्यहरुलाई स्थानीयकरण गर्दै लैजाने क्रमलाई निरन्तरता लिइएको छ ।

संस्थागत विकास तथा सेवा प्रभाव

·कर्मचारीको उचित व्यवस्थापन गरी थप जिम्मेवार बनाउँदै लगिनेछ ।

·सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउँदै सुशासनको प्रत्याभूति मजबुत बनाउँदै लगिनेछ ।

·भ्रष्टचार अन्त्यका लागि शुन्य सहनशिलताको नीति अवलम्वन गरिनेछ ।

·गाउँ कार्यपालिकाको कार्यालयमा डिजिटल वडापत्र व्यवस्था गरिने छ भने वडा कार्यालयहरुमा नागरिक वडापत्र व्यवस्था गरिनेछ ।

·पदाधिकारी तथा कर्मचारीहरुको थप क्षमता अभिवृद्धि गरिनेछ ।

·राजश्वको दायरा फराकिलो बनाउँदै गाउँपालिकाको श्रोत वृद्धि गर्दै लगिने छ ।

 

धन्यवाद

प्रस्तुतकर्ता

  नामः दिपेन्द्र खनाल

दः अध्यक्ष

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार