इलामको सूर्योदय नगरपालिकाले आ ब २०८०/८१ को लागि १ अरब २६ करोड बराबरको बजेट ल्याएको छ । नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएको नगरपालिकाको तेह्रौ नगर सभामा उपप्रमुख दुर्गा बरालले सार्वाजनिक गर्नुभएको बजेटमा कृषि , पशुपक्षी , स्वास्थय, शिक्षा , भौतिक पुर्वाधार खानेपानी , युवा तथा खेलकुद लगायत का विभिन्न क्षेत्रलाई प्राथामिकता दिइएको छ ।
पशुपक्षीको कार्यक्रम
क. Lumpy Skin Disease को कारणले क्षति भएका किसानहरुलाई राहत र विशेष कार्यक्रम
ख. खोरेत मुक्त नगरपालिकाको निम्ति खोप अभियान
ग. भकारी सुधार र उन्नत घाँसको विरुवा वितरण
घ. गाईको नश्ल सुधार कार्रक्रम – Sexed Semen
ङ. पशु वीमा अभियान कार्यक्रम
च. निजी पशु सेवा प्राविधिक तथा खोप कर्तालाई टुल बक्स तथा ५० % साझेदारीमा रेफ्रिजेरेटर हस्तारण
छ. पशु रोगमा आधारभूत प्रयोगशाला।
ज. काउम्याट वितरण
कृषि
क. बाली विमा अभियान कार्रक्रम साथै अति विपन्न परिवारको निम्ति नगरको साझेदारी
ख. कृषिमा नव प्रविधि 3G प्रणालीको कार्यान्यवन
ग. पकेट क्षेत्र विस्तार र आत्मनिर्भरताको निम्ति क्षेत्र विस्तारमा अनुदान
घ. किसानको माटो परीक्षण अभियान र कृषि चुनढुगां वितरण
ङ. कृषिलाई आधुनिकीकरण,वैज्ञानिकीकरण र साना यान्त्रीकिकरण
च. कृषि एम्वुलेन्स
छ. सिचाँई आयोजनाहरु
ज. किसान सूचीकरण कार्यक्रम
स्वास्थ्य
क. MDGP छात्रबृत्ति – उत्तीण गरिसकेपछि नगरको अस्पतालमा कम्तीमा ३ बर्ष सेवा गर्नु नै पर्ने।
ख. स्त्री रोगको मात्रै हैन पुरुषहरुको रोगहरुको निम्ति व्यापक शिविर अभियान
ग. नयाँ भवन मार्फत सेवा उपलब्दको निम्ति आवश्यक पहल।
घ. स्थानीयलाई पोष्ट मार्टम गर्ने तालिम उपलब्द गराइ सकेको हुनाले यसलाई थप सरल र सजिलो गराउने।
ङ. आधारभूत र निशुल्क औषधी सहज तरीकाले उपलब्द गराउन जिन्सीलाई Online गर्ने।
च. निशुल्क स्वास्थ्य वीमा ( एकल महिला, एकल अविवाहित महिला, अपागंता भएको व्यक्तिहरु जस्ले नेपाल सरकारबाट वीमा सुविधा पाएका छैनन्, विपन्न परिवारका दलित परिवार)- ८०० घरपरिवारभन्दा बढीलाई दिने।
शिक्षा
क. झण्डै ४ करोडको लगानीमा विज्ञान प्रयोगशाला / अनुसन्धान केन्द्र निर्माण हुने।
ख. सबै सामुदायिक विद्यालहरुको पुरानो जस्तापाता प्रतिस्थापन गर्ने।
ग. छोरीबुहारी कार्यक्रम मार्फत स्नातक उत्तीणहरुलाई १०० दिनको रोजगार उपलव्द गराउने।
घ. करफोकलाई नमूना विद्यालय बनाउन १ करोड ५० लाख बढीको बजेट मार्फत गुणस्तरीय शिक्षाको निम्ति आवश्यक पर्ने क्षेत्रहरूमा सुधार गर्ने।
ङ. तेस्रो पक्षबाट विद्यालको परीक्षण गराई उत्कृष्ट विद्यालयलाई नगद सहित सम्मान गर्ने।
च. बाल पत्रिका मासिक रूपमा प्रकाशित गरी अध्ययन र लेखन गर्ने वानी बसाल्न प्रोत्साहन गर्ने।
छ. सामुदायिक विद्यालयको १-५ सम्मका १५६४ नानीहरुले बालबचत खाता खोलि नानीहरुले बचत गरिरहेको छ त्यसलाई प्रोत्साहन गर्नको निम्ति नगरले प्रत्येक नानीहरुको बालबचत खातामा थप अनुदान दिने कार्यक्रम।
ज. छोरीबुहारी छात्रावृत्ती कार्यक्रमलाई निरन्तरता।
झ. प्राविधिकधारमा उच्च शिक्षा अध्ययनरत छात्रछात्रालाई प्रोत्साहन कार्यक्रम।
भौतिक पूर्वाधार
क. सडक र पार्किङ स्थलहरु
ख. अस्पताल भवन निर्माण
ग. नमूना पर्यटकीय भिलेज
घ. बडा नम्वर- १० को भवन र विद्यालय भवनहरु।
ङ. Suspension bridge with glass dick
च. Tea tasting, Research and Promotion Centre
छ. कृषि उपज संकलन केन्द्र ३ करोड लागतमा निर्माणधीन।
ज. फेनसुङ गुम्वा पार्क निर्माण
झ. वुद्ध पार्क निर्माण
ञ. नगरको समन्वयमा शहरी विकास मन्त्रालय अन्तगर्त निर्माणधीन ५० करोडको आयोजनाहरुलाई सम्पन्न गर्न आवश्यक सहयोग गर्ने।
खानेपानी
बृहत खानेपानी आयोजना श्रीअन्तु- ३० करोड र पञ्चकन्या खानेपानी – ६६ करोडको आयोजनालाई समयमा नै सम्पन्न गर्न आवश्यक पहल गर्ने।
युवा तथा खेलकूद
क. रग्वी, क्रिकेट लगायत अन्य खेलहरु थप गर्ने।
ख. युवा परिषद् र खेलकूद समितिलाई क्रियाशील बनाउने।
ग. लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा