संयुक्त संघर्ष समिति आज बुधबारको वार्तामा नबस्ने


सेवारो खबर  159 पटक हेरिएको

इलामः प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज अर्थात बुधबार विराटनगरमा गर्ने भनिएको वार्तामा नबस्ने जनाएको हो ।

एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपुणर् भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको हो ।

वार्ताको नाममा प्रदेश सरकारले राजनीति सुरु गरेकोले वार्तामा नबस्ने किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो बताइन् ।

हामी वार्ताको सँगसँगै आन्दोलनलाई लाने छौँ । प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टीलाई पनि आजै वार्ताका लागि बोलाएको छ । जुन अन्यौलपुणर् भएको संघर्ष समितिको भनाई छ ।

आन्दोलनको नाममा राजनितीकरण गरिएको बताउँदै आफ्नो सभ्यता र पहिचानको विषयमा राजनीति गर्नु उचित नभएको पहिचा पक्षधरको ठहर छ ।

स‌ंयुक्त प्रेस विज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार