कृषि बीज भण्डार सिलबन्दी, ३ दिन भित्रमा खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न निर्देशन


सेवारो खबर  198 पटक हेरिएको

इलाम: इलाम नगरपालिका ७ मा रहेको कृषि बीज भण्डारको गोदाममा जिल्ला प्रशासन कार्यालय इलामले बुधबार सिलबन्दी गरेको छ ।

नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई महंगो मूल्यमा बिक्री वितरण गरेको पाइएपछि सिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

३ दिनभित्र खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न जिल्ला प्रशासन, घरेलु कार्यालय, कृषि ज्ञान केन्द्र, कर कार्यालय, इलाम नगरपालिका सहितको अनुगमन टोलीले यो कृषि बीज भण्डारलाई निर्देशन समेत दिएको छ ।

अनुगमन टोलीले ३४ बोरा युरिया, १८ बोरा डिएपी र इन्डियन मल गोदाममा रहेको जानइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार