बुद्धिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न


सेवारो खबर  280 पटक हेरिएको

इलामः बुद्दिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न सोमबार इलाममा सम्पन्न भएको छ ।

प्रदेश बुद्दिचाल संघको आयोजना, नेपाल बुद्दिचाल महासंघको प्राविधिक सहयोग एवं इलाम जिल्ला बुद्दिचाल संघको ब्यवस्थापनमा दुई दिने सेमिनार सम्पन्न भएको हो ।

सेमिनारमा चेसको इतिहास, महत्व, यससँग सम्बन्धित राष्यि तथा अन्तराष्यि नियम, खेल प्रतियोगिता सञ्चालनका लागि प्रविधिक ज्ञान लगायतको विषयमा जानकारी गराइएको थियो ।

बुद्धिचाल खेल प्रतियोगितालाई ब्यवस्थित रूपमा सञ्चालन गर्दै, खेलको विकास गर्न उद्देश्यले आयोजित सेमिनार सम्पन्न भएको जनाइएको छ ।

सेमिनारमा सहभागीलाई परीक्षा समेत गराइएको थियो । परिक्षामा ६० प्रतिशत सहभागीले ८० बढी अंक ल्याएका थिए । यस्तै बाँकीे ४० प्रतिशतले ६० बढी अंक ल्याएको बुद्धिचाल संघका प्रकाश परियारले जानकरी गराए ।

बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राईको अध्यक्षता भएको सेमिनारमा बुद्दिचाल महासंघको उपमहासचिव मोनालिसा खम्बुको प्रमुख आतिथी, साथै संघका केन्द्रिय सदस्य दिपेन राई लगायतको उपस्थितिमा भएको सेमिनारमा मनोज घिमिरेले सहजीकरण गरेका थिए ।

सेमिनारमा प्रदेशका १४ जिल्लाका ४१ जना सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार