दुुर्घटना न्यूनिकरण गर्न ‘ट्राफिक सप्ताह २०८०’ शुरु


सेवारो खबर  139 पटक हेरिएको


इलामः सवारी दुुर्घटना न्यूनिकरण गर्न इलाम सहित प्रदेशभर ‘ट्राफिक सप्ताह २०८०’ मंगलबार शुरू भएको छ । दुुर्घटना न्यूनिकरण गर्न साता व्यापी विभिन्न कार्यक्रम गर्दै असार २५ गते कार्यक्रम सञ्चालन हुनेछ ।

इलाममा ठूलो टुँडिखेलदेखी प्रभातफेरी निकाल्दै ट्राफिक सप्ताह शुुरू भएको छ । प्रभातफेरी गौतमबुद्ध सभागृह (सिटी हल) मा पुुगेर औपाचारिक कार्यक्रम गर्दै कार्यक्रमको शुभाराम्भ गरिएको थियो ।

सवारी चलाउँदा बेल्टको प्रयोग गरौँ, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगरौँ, माधव पदार्थ सेवन गरी सवारी नचलाउँ जस्ता प्ले कार्ड सहित प्रभातफेरी निकालिएको थियो ।

शुभाराम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले अभियानले बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा थप प्रभावकारी हुने आशा गरेको बताए । उनले बालबालिका देखी नै ट्राफिक नियम सिकाउन सके दुर्घटनाबाट जोगिन सकिने धारणा राखे ।


जिल्ला ट्राफिक प्रहरी प्रमुख दिपक दुलालले सात दिन बिशेष गरेर सर्वसाधरण देखी सवारी चालकलाई सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा र बाटो काट्दा यात्रीले अपनाउनु पर्ने सुरक्षका बिषयमा जानकारी गराइने जानकारी गराए ।

साता भरी जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमको बिषयमा जानकारी गराउने कार्यक्रम तय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका रिद्धि खनालले बताए ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, जिल्ला प्याप्सन, नगर प्याप्सन, भाडादर निर्धारण परामर्श समितिको सदस्य, यातायत व्यावसायी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीको उपस्थिति रहेको थियो ।


ट्राफिक सप्ताह कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीको आयोजनमा १४ वटै जिल्लामा अभियान सञ्चालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार