मानव अधिकार मञ्चको २५ औं साधारण सभा सपन्न


सेवारो खबर  193 पटक हेरिएको

इलामः मानव अधिकार मञ्च नेपाल इलामको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा शुक्रबार साधारण सभा सम्पन्न भएको छ ।

मञ्चका अध्यक्ष मोहनसिं थेबेको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले प्रगती प्रतिवेदन पेश गरे । यस्तै लेखा प्रमुख कोकिला कार्कीले वार्षिक आयव्ययको अवस्थाको बारेमा प्रतिवेदन पेश गरिन् ।


कार्यक्रममा प्रस्तुत भएका दुवै प्रतिवेदनलाई पास गर्दै आगामी वर्षको कार्य योजना बनाउँदै साधारण सभा सकिएको छ ।

साधारण सभामा मञ्चकी सचिव दुर्गादेवी भट्टराईले स्वागत गरेको कार्यक्रम संस्थाकी गायत्री थेगिमले सञ्चालन गरेको जनाइएको छ ।


२३ गते शनिबार संस्थाको होटल पोख्रेलीमा रजत वर्ष विशेष कार्यक्रम गर्दै सम्पन्न हुनेछ । कार्यक्रममा संस्थाको स्मारिकाको विमोचनसँगै संस्थाले अहिलेसम्म गर्दै आएको कार्यक्रमको बारेमा विशेष प्रदर्शनी हुँने संस्थाले जनाएको छ ।

संस्थाका विषयगत क्षेत्रमा सरोकारवालासँग मानव अधिकार र अधिकार, द्वन्द, शान्ति र न्याय, लोकतन्त्र र सुशासन, लैङ्गिक समावेशिकरणका विषयमा खुल्ला प्रदर्शनी र छलफल हुँनेछ ।


प्रदर्शनीमा जिल्लाका जनप्रतिनीधि, कर्मचारी, अधिकारकर्मी, विभिन्न शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक, अविभावक, व्यवसायी, बुद्विजीबि, सञ्चारकर्मी, सर्वसाधारणले अवलोकन गर्ने संस्थाले अपेक्षा गरेको छ ।

सोहि दिन संस्थाको फोरम थिएटरले संस्थाका विषयमा नाटन समेत प्रदर्शन गर्ने थिएटरका शुरेस पोर्तेलले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार