इलामः इलाममा आयोजित एक कार्यक्रमका वक्ताले सार्वजनिक सेवालाई आम नागरिकको पहुँच योग्य बनाउँनु पर्ने बताएका छन् । उनिहरूले मानव अधिकार मञ्च नेपाल इलामको २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै सार्वजनिक संस्थाको सेवालाई आम नागरिकसम्म पुर्याउँन सरोकारवाला सबैले काम गर्नु पर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख जयप्रकास राईले स्थानीय सरकारले नागरिकको सेवामा राजनीति गर्नु नहुँने बताए । उनले सन्तुलित भएर आम नागरिकको अधिकारसँगैका सेवालाई सन्तुलित ढंगले पहुँच योग्न बनाउँन आग्रह समेत गरे ।
जिल्ला न्यायधिस दिपककुमार दाहालले अधिकारको संरक्षण र विकासमा सार्वजनिक सेवा प्रदायक संस्था गम्भिर हुनु पर्ने बताए । उनले समाजमा हुने गरेको घटनाका पीडितको सुरक्षाको सवालमा सरोकारवालाले काम गर्नु पर्नेमा जोड दिए ।
मञ्चको रजत स्मारिकाको विमोचन समेत भएको कार्यक्रममा नेपाली कांग्रेसकी सह सचिव डालाकुमारी कार्कीले सर्व साधारण नागरिकको अधिकारलाई ध्यानमा राखेर सरोकारवालाले काम गर्नु पर्ने बताइन् । उनले नागरिकले पाउँनुु पर्ने सेवा तथा सुविधालाई पहुँच योग्य बनाएर अधिकार स्थापित गर्न सबै सरोकारवाला लाग्नु पर्नेमा जोड दिइन् ।
नेकपा एमालेका उपाध्यक्ष उदय राईले सर्वसाधारणको अधिकारलाई स्थापित गर्न सके मात्र न्यायमा समेत पहुँच पुग्ने बताए । उनले सबै सरोकारवालाले नागरिकको अधिकारलाई स्थापित गर्न नीतिगत व्यवस्था गर्ने काममा लाग्नु पर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रको जिल्ला सचिव शान्ता बस्नेतले मानव अधिकार सबैको अधिकार भएकाले यसको सम्बोधन सबैले गर्नुपर्ने बताइन् । उनले मानव अधिकार सम्बोधन भयो भने मात्र सार्वजनिक सेवा प्रदायक संस्था आम नागरिकका लागि पहुँच योग्य हुनेमा जोड दिइन् ।
जनता समाजवादी पार्टीका बखत बहादुर आङ्देम्बेले सार्वजनिक सेवा प्रदायकको सेवालाई पहुँच योग्य बनाउँन सर्वसाधारण सबैको पहिचानलाई स्थापित गर्नुपर्ने बताए । उनले समस्या र अधिकारको सवाल पहिचान गर्न नसकेको खण्डमा विभेद हुने भएकोले यसलाई सरोकारवाला सबै मिलेर सम्बोधन गनेु पर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखे्रलले सार्वजनिक सेवा प्रदायको सेवालाई सर्वसाधारणको पहुँच योग्य बनाउँनुु पर्ने बताए । उनले हामी सबै सरकार भएकाले सबै सरकारवालाले आम नागरिकको पक्षमा काम गरेर सेवालाई पहुँच योग्य बनाउँन सरोकारवालासँग आग्रह गरे ।
कार्यक्रममा सन्दकपुर गाउँपालिकाको अध्यक्ष तुलाराम गुरूङ, इलाम नगरपालिकाको उपप्रमुख विष्णु दाहाल, देउमाई नगरपालिकाको उपप्रमुख पविमाया राई, प्रहरी निरिक्षक दिलिप घिमिरे, उच्च बार एसोशिएसनका उत्तम पौडेल, जिल्ला बार एशोसिएनका तारानाथ पराजुली, वरिष्ठ अधिवक्ता जसबहादुर लुुङ्गेली, जिल्ला अस्पताल ओसिएमसीका प्रतिनीधि, साझेदार १४ जिल्लाका प्रतिनीधि उपस्थित कार्यक्रममा मञ्चको २५ वर्र्षे यात्राका विषयमा कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले जानकारी गराएका थिए ।
मञ्चका अध्यक्ष मोहनसिं थेबेको अध्यक्षतामा भएको कार्यक्रममा किन्नर मिसनरेकका नेपाल प्रतिनीधि कृष्णहरी थापा, जिआइजेड जेडएफडीका प्रतिनीधि नन्दकिशोर यादवले समेत मञ्चको बारेमा बोलेका थिए ।
मञ्चकी सचिव दुर्गादेवी भट्टराईले स्वागत, संस्थाकी गायत्री थेगिमले सञ्चालन गरेको कार्यक्रममा संस्थाका विषयगत क्षेत्रमा सरोकारवालासँग मानव अधिकार र अधिकार, द्वन्द, शान्ति र न्याय, लोकतन्त्र र सुशासन, लैङ्गिक समावेशिकरणका विषयमा खुल्ला प्रदर्शनी, छलफल र जानकारी गराइएको थियो ।
प्रदर्शनीमा जिल्लाका जनप्रतिनीधि, कर्मचारी, अधिकारकर्मी, विभिन्न शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक, अविभावक, व्यवसायी, बुद्विजीबि, सञ्चारकर्मी, सर्वसाधारणले अवलोकन गरेका थिए ।
कार्यक्रममा मञ्चको फोरम थिएटरले बालबालिकाको विषय समेटिएको लघु नाटन समेत प्रदर्शन गरेको थिएटरका शुरेस पोर्तेलले जानकारी गराए ।