सन्दकपुरमा बाल सञ्जालको क्षमता विकास तालिम शुरू


सरिता राई  103 पटक हेरिएको

सन्दकपुरः पालिका स्तरीय बाल सञ्जालको क्षमता विकासको गर्न तीन दिवसिय तालिम सन्दकपुर गाँउपालिकामा बुधबार शुरू भएको छ ।

बाल अधिकार समिती सन्दकपुर गाँउपालिकाको आयोजना र सन्दकपुर गाँउपालिकाको सहकार्यमा शुरू भएको तालिममा बालबालिका, बालअधिकार र बाल अधिकारको अवधारणाको विषयमा जानकारी गराइने छ ।

मानव अधिकार मञ्च नेपालको आयोजना किन्डरमिसरेक जर्मनिको सहयोग हुँदै गरको तालिममा गएको महिनामा गठन भएको सन्जालमा १५ जना बालबालिकाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार