सूर्योदय नगर उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा बुझायो ज्ञापन पत्र


बुद्दमाया सोङ्मी  207 पटक हेरिएको

इलामः सूर्योदय नगर उद्योग वाणिज्य संघले वाणिज्य क्षेत्रमा विभिन्न सुधारको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा बिहिबार ज्ञापन पत्र बुझाएको छ ।

पशुपतिनगर नाका व्यवस्थित नुहुँदा चार दशकदेखि वाणिज्य क्षेत्र समस्यामा परेको भन्दै सुधारका लागि छ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको जनाइएको छ ।

व्यवस्थित नाका नुहुँदा नेपाली व्यवसायीको उत्पादन भारतीय बजारमा लगेर बिक्री गर्न नसकिएकोले नेपाली उत्पादनले भारतीय बजारमा समेत पहुँच बनाई दिन ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा पशुपतिनगर नाकामा भारत तर्फ पनि अध्यागमन, पशु तथा कृषि क्वारेन्टाइन कार्यालय स्थापना गर्न आवश्यक पहल गर्नु पर्ने । भारतीय पक्षको भन्सार कार्यालयले बिल अफ इन्ट्री गरिदिनु पर्ने । नेपाली कृषि उपज र अन्य सामग्री भारतीय बजारमा बिक्री गर्न सहजिकरण गर्नु पर्ने बताइएको छ ।

नाकामा सटही काउन्टर खोल्नु पर्ने । नगरका मुख्य बजारलाई योजनाबद्ध तरिकाले व्यवस्थापन गर्नुपर्ने । हाल बन्द रहेको छोटी भन्सार समेत खुलाउन पहल गरिदिनु वाणिज्य संघका अध्यक्ष प्रमोद राइले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्र :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार