इलामः लिम्बुवान किरात जागरण अभियान आइतबार इलामा सम्पन्न भएको छ ।
प्रदेश नं. १ पुनः नामकरण संघर्ष समिति इलामले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश खारेजी, पहिचान सहितको संघीयता र नामाकरणको विषयमा अभिमूखिकरणसँगै अन्र्तरक्रिया भएको छ ।
वेस्टर्न मिचिगन युनिर्भसिटि अमरिेकाबाट प्राध्यापक डाक्टर महेन्द्र लावतीले सहजिकरण गरेको कार्यक्रममा कोशी नाम एकल जातीय नाम भएकाले खोरज हुँनुपर्ने सहभागिले बताए ।
किरात राई यायोक्खाका कृष्ण कुमार राई, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष चक्र येक्तेन अभिषेक, चन्द्र यादेन, कृतिमान यादेन, किरात याक्थुङ चुम्लुङ, प्रदेश नं. १ का प्रदेश सल्लाहकार यामप्रसाद योङहाङ, माङगेना सेवा समिमि केन्द्रिय सहसचिव शन्तराम योङहाङ, आदिवासी जनजाती इलमका पूर्व उपाध्यक्ष किरण सुनुवार र लिम्बू विद्यार्थी मञ्च केन्द्रिय कार्य समितिका बरिष्ठ उपाध्यक्ष राम लिङदम लगायतले बोलेका कार्यक्रमको अध्यक्षतासर्घष समिति इलामका संयोजक बुद्धमाया सोङमीले गरिेन् ।