आईएमई लाईफ इन्स्योरेन्स इलामले बिमितलाई दियो घातक रोगबापत २० लाख


शुसिल मोरोहाङ  220 पटक हेरिएको

इलामः आईएमई लाईफ इन्स्योरेन्स इलामले घातक रोगबापत २० लाख रकम विमितलाई हस्तान्तरण गरेको छ । दुवै मृर्गौला फेल भएका इलाम नगरपालिका ५ निबासी सुरेन्द्र राईलाई बिमा रकम प्रदान गरेको हो ।

इलाम सदरमुकाममा एक कार्यक्रम आयोजना गरी कम्पनीले विरामी राईका धर्मपत्नि सवित्रा गुरुङलाई चेक मार्फत चेक हस्तान्तरण गरेको छ । २० लाख रकमको नियमानुसार करकट्टी गरी नगद १९ लाख ४ सय ७० रुपैयाँको चेक विमितको अनुपस्थितिमा परिवारले रकम लिएका थिए ।

घातक रोगबाट ग्रसित राई हाल उपचारको क्रममा झापाको ओम साई पाथीभरा अस्पताल भद्रपुरमा उपचारथ छन् । उनी हाल क्रोनिक किड्नी डिजिजेज स्टेज फाईभसँग लडिरहेका छन् । विरामी र परिवारलाई भने इन्स्योरेन्सबाट रकम प्राप्त भएपछि मलमपट्टी भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

विरामी राई वैदेशिक रोजगारको क्रममा विगत केही वर्ष अघि दक्षिण कोरिया गएका थिए। उनले २ वर्ष अघि कम्पनीमा इन्स्योरेन्स गरेका थिए। उनले हालसम्म विमाङ्कको दुई किस्ता मात्र जम्मा गरेका थिए । दुई किस्तामा ज्ञ लाख ७० हजार ७ सय तेतिस रुपैयाँ कम्पनीलाई बुझाएको थियो ।

दावी भएको रकमको चेक कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी इलाम नगरपालिका वडा नं. ७ का कार्यवाहक वडा अध्यक्ष बस्नती घतानी र कम्पनीका शाखा प्रमुख मंगेश खत्रीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा इन्स्युरेन्समा बीमा गराउन कम्पनी र एजेन्सीहरु मरिहत्ते गर्ने तर दावी भुक्तानीमा भने झण्झटिलो र लामो प्रोसेस लाग्ने बताउँदै बक्ताले आईएमई लाईफ इन्स्योरेन्स इलामले भने सहज रुपमै रकम दावी भुक्तानी गरेको बताए। बीमा गर्दा बचत हुने, बालबच्चाको अध्ययनमा सहयोग पुग्ने, विपतमा सहयोग पुग्ने भएकोले बीमा गर्नैपर्ने रहेछ भन्ने समेत बताए ।

कार्यक्रममा कम्पनीका एजेन्सी मेनेजर कृष्णकुमार खालिङ र शाखा प्रमुख मंगेश खत्रीले कम्पनीकोबारे चर्चा गर्दै सबैलाई जीवन बीमा गर्न अनुरोध पनि गरे ।

कार्यक्रममा प्रमुख अतिथि खतानी, पत्रकार सटेन्द्र जबेगू, समाजसेवी हेमन्त आचार्यले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार