५७ वर्ष अगाडि आजकै दिन एउटा ऐतिहासिक तस्विर खिचिएको थियो ।
जुन तस्विरले विश्वभर तहलका मच्चाएको थियो । यो तस्विर पृथ्वीको कुनै धरातलबाट खिचिएको थिएन । यो तस्विर चन्द्रमाको धरातलबाट खिचिएको थियो । र त्यो तस्विर पृथ्वीको थियो । पृथ्वी गोलो होइन चेप्टो छ भन्ने केही प्रतिशत जनतालाई यसले प्रमाणित गराएको थियो कि पृथ्वी वास्तवमा गोलो नै छ भनेर । यसरी विश्वमा पहिलो पटक पृथ्वीको तस्विर खिच्न सफलता मिलेको थियो ।
इष्टमेन कोडाक कम्पनीबाट बिशेष रुपले बनाइएको क्यामेरालाई लूनार अर्बिटरमा जडान गरेर चन्द्र धरातलका तस्विर खिच्न पठाइएको थियो । वास्तवमा चन्द्र धरातलका तस्विरहरु खिच्नुको कारण अन्तरिक्षयात्री सहित पठाउन लागिएको एपोलो ११ लाई चन्द्रमाको कुन धरातलमा उतार्दा कुनै पनि किसिमको समस्या झेल्न पर्दैन भनेर थियो । तर यसरी चन्द्र धरातलका तस्विरहरु लिने क्रममा क्यामेराले पृथ्वीको पनि तस्विर खिच्न पुगेको थियो । त्यतिबेला अन्तरिक्षमा पठाइएको क्यामेराको तौल ६८ केजी थियो ।
चन्द्रमाको धरातलबाट खिचिएको यो फोटो तत्कालै पृथ्वीमा पठाइदा स्पेनमा रहेको नासाको स्टेशनमा प्राप्त भएको थियो । तर क्यामेरामा नै भएको वास्तविक फोटो भने लामो अवधिसम्म निकाल्न नै खोजिएन । लुनार अर्विटर सहित क्यामेरा नासामा रहे पनि क्यामेराले वास्तविक रुपमा खिचिएको फोटो कस्तो थियो भनेर सोधखोज नै गरिएन । चन्द्र धरातलबाट फोटो खिचिएको ४२ वर्ष पछि सन २००८ मा नासाले लुनार अर्विटर इमेज रिकभरी प्रोजेक्ट शुरु गरेपछि क्यामेरामा राखिएको वास्तविक डाटा टेप एफ-आर९०० टेप ड्राइवबाट १.२ गीगाबाइटको फोटो निकालिएको थियो ।
यसको २८ महिना पछि एपोलो ८ ले अर्को पृथ्वीको दुर्लभ फोटो खिचेको थियो । यस तस्विरको नाम भ्बचतजच्ष्कभ राखिएको थियो । हामी पृथ्वीमा बसेर सूर्य उदाएको र चन्द्रमा उदाएको दृश्यमा अभ्यस्त रहेकोमा पहिलो पटक चन्द्रमाबाट पृथ्वी उदाएको तस्विर खिचिएको थियो ।@सुनिल उलाकको फेसबुक वालबाट ।