इलामः नेकपा (माओवादी केन्द्र) इलाम नगरपालिकाले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम शुरू गरेको छ ।
अभियानमा नगरपालिकाको १२ वटै वडामा विभिन्न रचनात्मक कार्यक्रम सहित सहिद ,घाइते, अपाङ्ग र जनमुक्ति सेनासँग घर घरमै भेटघाट र उनिहरूको अवस्थाको बारेमा जानकारी लिने नगर अध्यक्ष बिक्रम लिम्बूले जानकारी गराए ।
अभियानमा प्रत्येक वडामा बृक्षारोपण कार्यक्रम समेत सञ्चालन गर्ने जनाइएको छ । अभियानको शुभाराम्भ नगरका अध्यक्ष बिक्रम लिम्बुको अध्यक्षता भएको छ ।
शुभाराम्भ कार्यक्रममा पार्टी केन्द्रिय समिती सदस्य तथा अभियानका इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका इन्चार्ज (कमान्डर ) कमरेड रन्जित तामाङको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा पार्टी प्रदेश समिती सचिवालय सिन्धु राई, पार्टी प्रदेस समिती सदस्य तथा जिल्ला समन्वय समिती सचीव शान्ता बस्नेत (शर्कल) पार्टी प्रदेश सदस्य तथा इलाम नगर इन्चार्ज छ्बिलाल आचार्य (प्रभास), पार्टी प्रदेश समिती सदस्य रुद्र साङपाङ वाइसीएल नेपाल केन्द्रिय सदस्य इलाम जिल्ला इन्चार्ज चन्द्र कला तामाङ विद्यार्थी केन्द्रिय सदस्य बिपिन पोख्रेल वाइसीएल जिल्ला संयोजक कमरेड बिपिन पोख्रेलको उपस्थिती रहेको थियो ।
अभियान सञ्चालनको विषयमा बसेको नगर कमिटी बैठकले नगरपालिकाको सबै वडामा परिपत्र पठाउँदै अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
पार्टीको परिपत्र :