पुरस्कार वितरण र अन्तरक्रिया गर्दै इलाम फोनिजले २४ औं स्थापना दिवस मनायो


सेवारो खबर  82 पटक हेरिएको

इलाम: नेपाल आदिवी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले पुरस्कार वितरण गर्दै २४ औंस्थापना दिवस मनाएको छ ।

इलाम नगरपालिकाको सहयोगमा स्थापना दिवसकै अवसरमा संवैधानिक व्यवस्था र इलाममा मिडियामा समावेशी अवस्था विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ ।

सञ्चारकर्ममा लाग्ने सञ्चरकर्मीले सीप र दक्षतालाई ध्यान दिनु पर्ने अन्तरक्रियामा सहभागिले बताएका छन् । उनिहरूले पत्रकारिकताको मुल मर्म र धर्मलाई ध्यानमा राखेका काम गर्न समेत सुझाएका छन् ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले पहिचानको विषयलाई सहि तरिकाले उठान गरेर लान सञ्चारकर्मीलाई आग्रह गरे । उनले आदिवासीका जनजातिका विषयलाई राज्यले गम्भिर भएर सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रलले समावेशिताको सवालमा राजनीतिक दलका नेतृत्वमा प्रष्टता अवश्यक भएको बताउँदै उनिहरूले नै राज्यका सबै समुदायलाई यो देश मेरो हो भन्ने भावनाको विकास गर्नु सूझाव राखे ।

नेपाल आदिवासी जनजाति महासघ इलामका अध्यक्ष अभिषेक येक्तेनले आदिवासी जनजातिको मुद्दामा सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । उनले सञ्चारकर्ममा सामाजिक सञ्जालले सञ्चारकर्मको धर्मलाई भूल्दै गएकोमा दुख समेत व्यक्त गरे ।

फोनिजका पूर्व केन्द्रीय उपाध्यक्ष दिपिन राईले राज्यको मुलधारले आदिवासी जनजातिको विषयलाई बुझेर सम्बोधन गर्न आग्रह गरे । उनले समावेशीताको नाममा आदिवासीको मुद्दालाई पैरवी गर्दै लान सञ्चारकर्मीमा सीप र क्षमता विकासमा समेत जोड दिनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लभ भट्टराईले समावेशी सवालको सवालको साथमा बर्गिय मुद्दालाई समेत समेटेर लानुपर्नेमा जोड दिए । सबै खालको आवाजलाई समेट्न सकेको खण्डमा मात्रै समावेशीताको सार्थक अर्थ लाग्ने बताए ।

फोनिज इलामका अध्यक्षा राम याेङहाङकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष याम माबोहाङले स्वागत गरेका थिए ।

पत्रकार ज्ञानु केदेम पुरस्कृत


कार्यक्रमका अवसरमा आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार ज्ञानु केदेम पुरस्कृत भएका छ्न । केदेमले नगद १० हजार सहित सम्मान पत्र प्राप्त गरेका छन् ।

फोनिजले स्थापना गरेको पुरस्कारको राशी कार्यक्रमका प्रमुख अतिथि इलाम नगरप्रमुख केदार थापा र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सम्मान पत्र, पुरस्कार रकमको चेकसहित दोशल्ला ओडाएर सम्मान सहित पुरस्कृत गरिएको फोनिज इलाम अध्यक्ष राम योङहाङले जानकारी दिए ।

इलामे पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन ।

इलामको माङसेबुङबाट प्रकाशित माङसेबुङ मासिक म्यागजिनमा उपसम्पादकको रूपमा काम गरिरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार