पहिचानवादीको आन्दोलन थप सशक्त बन्छ, थेबेले माफी माग्नुपर्छ-सर्घष समिति


सेवारो खबर  64 पटक हेरिएको

इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुुक्त संघर्ष समितिको आन्दोलन आउँदो असोजको पहिलो सातादेखि थप शसक्त रूपमा अघि बढ्ने भएको छ ।

समितिले २०८० भदौ १८ गते विज्ञप्ती जारी गर्दै पहिचानको आन्दोलन प्रदेशवासीहरूको आत्मसम्मान, न्याय र सम्मानको आन्दोलन भएकोले निरन्तर थप शसक्त बनाउँने जनाएको छ ।

संसदहरूको विरोधमा कालो झण्डा देखाउँने, सरकारी कार्यलयको बोर्ड कोशी नाम मेट्ने, जनप्रदर्शन, राँकेजुलस चक्काजाम, आम हडताल लगायतको घोषित आन्दोलनका कार्यक्रम गर्दै आएको समितिलाई थप कार्यक्रमको विषयमा सेवारो खबरले जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

विज्ञप्तीमा समितिले एमाले निकट राष्ट्रिय युबा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले माफी नमागेमा आउँदो भदौं २३ र २४ गते सुनसरी धरानको कार्यक्रममा आए प्रतिरोध हुँने जानकारी गराइएको छ ।

बशं गद्दार होसियार ! शिर्षक दिएर ९ बुँदमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, पहिचानको पक्षमा दिनदनै जनसर्मथन बढ्दै गएको बेला पहिचान विरोधीले दिएको जुुठोपुरो खाएको भरमा परिचालित क्षितिज थेबे जस्ता व्यक्ति निहुँ खोज्न आउनुले राजनीतिक जीवन उनकै लागि प्रतिउत्पादक र घातक बन्न सक्छ ।’

प्रदेश नं १ पनः नामाङ्कन संयुुक्त संघर्ष समितिको तर्फबाट पहिचानको आन्दोलन वंश गद्दारहरू प्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउँदै आन्दोलनरत पक्षलाई पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली र क्षितिज थेबेले दिदै आएको अभिव्यक्तिले प्रदेशलाई अशान्त तिर लान सक्ने भएकोले सम्बन्धित पक्षले बेलैमा ध्यान दिन आग्रह गरेको छ ।

एकल गोत्रिय कोशी (कौशिक ऋषि) नाम विरूद्ध भइरहेको आन्दोलनलाई अपमान हुँने गरी दिदै आएको अभिव्यक्तिले पहिचान पक्षधर आक्रोसित बन्दै गएकोले क्षितिज थेबेले तुरून्त सार्वजनिक रूपमा माफी माग्नुपर्ने उल्लेख छ ।

विज्ञप्तीमा धनकुटा चौबिसे गाउँपालिकाका पहिचानवादी नेता कार्यकर्ता दीवा चेम्जोङ, बुलुन लिम्बू, शुक्रबहादुर लिम्बू, आरामकुमार लिम्बू लगायतलाई जिल्ला प्रहरी कार्यालयले पत्र लेखेर अनावश्यक टर्चर दिएको प्रति संघर्ष समितिको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घोषित कार्यक्रम अनुसार विरोध गर्दा प्रहरीले मुद्दा लगाउँने जस्ता हर्कत तुुरून्त बन्द गरियोस भनिएको छ ।

विज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार