प्रदेश मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमाथि पूर्ण इजलासमा सुनुवाई जारी


सेवारो खबर  33 पटक हेरिएको

काठमाडौंः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भइरहेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूणर् इजलासमा मुख्यमन्त्री थापा विरुद्धको रिट निवेदनमा सुनुवाई भइरहेको हो ।

हिजो रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्कीको पक्षबाट बहस सकिएको र आज पुनः रिट निवेदकका विपक्षीहरूको तर्फबाट सुनुवाई भइरहेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।

मुख्यमन्त्री थापाले प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यको समेत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्की त्यस विरुद्ध भदौ १७ गते सर्वोच्चमा रिट लिएर गएका थिए ।

मुख्यमन्त्री थापालाई प्रदेश सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरेको भन्दै रिट निवेदनमा यसरी लिइएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरिएको छ ।@onlineradionepal.gov.npबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार