गाउँपालिकाले अधिकृतलाई कारबाहीको सिफारिस र लेखा अधिकृतलाई ७ दिनको स्पष्टिकरण माग्यो


सेवारो खबर  103 पटक हेरिएको

नयाँबजारः इलामको माइजोगमाई गाउँपालिकाले अधिकृतलाई कारबाहीको सिफारिस र लेखा अधिकृतलाई ७ दिनको स्पष्टिकरण मागेको छ । शुक्रबार पत्रकार गाउँपालिकाले सम्मेलन गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

गाउँपालिकाको प्रतिष्ठामा आँच आउँने क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने भएको हो । यस्तै लेख अधिकृतलाई ७ दिनको म्याद दिई स्पष्टिकरण माग गर्ने निणर्य गरेको छ ।

कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृतलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिईने गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले जानकारी दिए ।

अध्यक्ष थेबेका अनुसार लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नभएसम्मका लागि लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निणर्य भएको छ ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत बीच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि गाउँपालिकाको आधिकारी धारणा सार्वजनिक गर्न नैतिक दबाव परेको थियो ।

भिडियो सीसीटीभी फुटेज हो की होईन भनेर छानबिन गर्न र भिडियो कसरी बाहिरीयो भन्ने पत्ता लागउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने समेत बिज्ञप्तीमा उल्लेख छ ।

आगलागीको छानबिन गर्न प्राविधिक सहयोग लिने
गएको साउन १८ गते गाउँपालिकामा भएको आगलागीको छानबिन गर्न प्राविधकको सहयोग लिने गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताइन् ।

आगलागीको छानबिन गर्न गाउँपालिका अध्यक्ष थेवेको संयोजकत्वमा समिति गठन भए पनि हालसम्म प्रतिवेदन सार्वजनिक भएको छैन ।

आगलागिबाट १३ लाख बढीको क्षती भएको गाउँपालिकाले जनाएको छ ।

अनैतिक गतिबिधिको प्रमाण नष्ट गर्न तत्कालिन प्रशासकीय अधिकृत राईले आगजनी गरेको हुन सक्ने स्थानीयको आशंका छ ।

गाउँपालिकाले जारी गरेको बिज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार