‘न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने’-तेह्रथुमका न्यायिक समिति


सरिता राई  85 पटक हेरिएको

इलामः न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने तेह्रथुम जिल्लाको न्यायिक समितिका पदाधिकारीहरूले बताएका छन् । उनिहरूले शुक्रबार इलाममा भएको विवाद मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धी ५ दिवसीय कार्याशाला समापन समारोहमा बोल्दै न्याय सम्पादनमा रहेको दुविधा हटेको बताए ।

फेदाप गाँउपालिकाको उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सुनिता पाहिमले न्यायिक समितिको कार्यसम्पादनमा आउँने क्षमताले नागरिकहरूमा विश्वासको सम्बन्ध निर्माण हुँने बताइन् । उनले कार्यशालाले आगामी दिनमा न्यायिक समितिले थप प्रभावकारी रुपमा काम गर्ने सीप सिकेको समेत जानकारी गराइन् ।

मेन्छायम गाँउपालिकाका न्यायिक समितिका सदस्य पुष्पादेवी गौतमले भने न्यायिक समितिको कार्यसम्पादनमा समस्या समाधानमा कार्यशालाले सहयोग गरेको बताइन् । उनले भनिन- ‘न्याय सम्पादनको क्षेत्रमा रहेको दुविधा समेत हटेको छ ।’

आठराई गाँउपालिकाका न्यायिक समितिका सदस्यब ओम कुमार लिम्बुले विवादको कारवाही र किनारा गर्दा अपनाउनुपर्ने प्रकृयाको विषयमा अभ्यासमूलक सीप सिकेको बताए ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबको अध्यक्षतामा भएको कार्यशालाले न्यायिक समितिको न्याय सम्पादनका विषयमा कानुनका कुराहरुमा बुझाईमा भएका अष्पटतालाई हटाउन र न्याय सेवामा एकरुपता ल्याउने विषयमा क्षमता विकास भएको अन्य सहभागीको भनाई छ ।

जिआईजेट जर्मनको आर्थिक सहयोगमा भएको कार्यशालामा स्थानीय तहका उपप्रमुख/ उपाध्यक्ष, न्यायिक समितिका सदस्य र उजुरी प्रशासकको सहभागिता रहदै आएको छ ।

मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वाकर्मा, वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, योगराज सापकोटा, मनकुमार बराइली लगायतकाले कार्यशालाको सहजिकरण गरेका छन् ।

तेह्रथुम जिल्लाको न्यायिक समितिका पदाधिकारीहरुसँगको विवाद, मेलमिलाप र न्यायिक समितिको कार्यसम्पादन प्रकृया सम्बन्धी ५ दिवसीय कार्याशाला शुक्रबार इलाममा सम्पन्न भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामले प्रदेश भरिको स्थानीय तहका न्यायिक समितिसँग न्यायिक समितिमा विवाद समाधानका लागि अपनाउनुपर्ने मेलमिलाप प्रकृयाको विषयमा कार्यशाला सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार