भावपूर्ण हार्दिक श्रद्धान्जली
“वर्तमान नेपालको सघीय प्रतिनिधि सभाका माननीय सदस्य तथा संविधान सभाका तात्कालिन अध्यक्ष श्री सुवास नेम्वाहाङ्गको देहावशान भयो रे” भन्ने यो समाचार असत्य बनोस । अहिले म नेपाल बाहिर रहेको छु । नेपालमा भएको सारा मिडियाहरुले खवर लेखिरहेका देखिन्छन । म र राजिव जी आज पार्कमा विहानको भ्रमण गरी फर्केको मात्र थियौ, घरमा आएर मोबाइल खोलेको यो खबर पाए । मैले हाम्रो ल फर्ममा साथी श्री झरना बहिनीलाई सोधे ? उहाँले फोटो र उहाँको पार्थिव शरीरलाई बर्कोले छोपेको अवस्थाको फोटो पेश गर्नु भएर समाचार पठाउनु भयो ।
मेरा समकालिन, शुभेच्छुक, कानुनी क्षेत्रको साथी, उमेरले अग्रज श्री सुवास नेम्बाहाङ्ग पूर्वी नेपालको इलाममा जन्मेर, इलाम, काठमाण्डौमा रही अध्ययन गर्दै, आपनो घर परिवार, इलाम र समग्र नेपाल देशलाई महत्वपूणर् प्रभाव दिन सक्ने, शालिन भद्र र नम्रताको खानी श्री नेम्वाहाङ्गको देहावशानको यो दुखद घडिमा म उहाँको दिवगत आत्माको चीर शान्तिको कामना गर्दछु ।
उहाँको परीवार जनका प्रति धैर्य धारण गर्ने शक्ति मिलोश भन्ने पनि कामना गदै पार्टीका साथिहरु, सदभावना राख्ने मित्रहरु, आफन्त जनका प्रति यो दुखद अवस्थामा संयमका साथ एकतावद्ध भएर उहाँको सामाजिक राजनीतिक बाटोमा लागिरहन पनि निवेदन गर्दछु ।
२०४७ को अशोज तिर होला, मेरो कोठामा “म त मेडमलाई सदस्य बनाउन टिकट लिएर आउछू है सर ? हुन्छ, सुवास जी प्रयत्न गर्नु होला, मेरो घरमा डेमोक्रेशी छ । उहाँले आदरणीय शिलु सिह दिदीलाई साक्षी राखेर भन्नु भयो । हामीहरु फेरि आपनो आपनो काममा लाग्यौ ।” सुवास थिएनन भने यो वर्तमान सविधान हुन्थ्यो वा हुन्थेन ? सवैले यसलाई अध्ययन अनुसन्धान गर्दा सुवासलाई विर्सनै हँुदैन” भन्न चाहन्छु ।
मेरो कर्मभूमि जिल्ला इलामले सुवास नेम्वालाई अब आपनो राजनीतिक, सामाजिक प्रतिनिधित्व त दिन सक्ने अवस्था आउदैन, तर इलामले नेपाल राष्ट्रलाई हाँक्न सक्ने खालको सुझवुझ, इमान, सम्मान र इज्जत भएको नेताको उतपदन गरेर दिएको थियो त्यो चाँही, अब अभाव भएको छ, भन्ने मनन गरेको छु” भन्दै इलामका सबै मान्यजनहरु दाजुभाई दिदी बहिनीहरुमा धैर्य धारणा गर्न समवेदना सहित अपिल समेत गर्दछु ।
मलाई उहाले एक पल्ट भेटेर भन्नु भयो सर मलाई सहयोग गर्नु पर्यो । मैेले भने तपाइलाई सहयोग गर्ने सहयोगको प्रकार स्तर भन्नु होस न । उहाँले हाँसेर भन्नु भयो “मलाई थाहा छ सरको वारेमा । तपाईले मेरो विरुद्धमा भोट नमागे देखि मलाई सहयोग हुने छ ।” म लाई चित्त वुझ्यो । म शिक्षक प्राध्यापक भएकोले पनि मैले खुलेर त्यो काम गर्न सक्दैनथे ।
बेला वखतमा उहाँको साथ कुनै कार्यकममा भेटन म जाने त होइन । तर अलि पर बसेर केही टिपेकोे, केही लेखेको अवस्थामा पनि उहाँले आपनो कार्यकर्ताको साथ भेटेर अनि म सँग आएर हात मिलाएर, सन्चो विसन्चो सोधेर जाने गरेको याद आउन” थालेको छ ।
म सँग उहाँले भेटमा अन्तरका कुराहरु, कानुनका, ठट्टाका, शालीनताको तथ्यहरु, २०३९ सालदेखि धेरै कुराहरु शेयर गरी राख्नु भएको स्मरण छ । यो पछि कहि आलेखमा लेख्नेनै छु ।
म मेरा सवै साथिहरुलाई मेरो यही कामना छ कि “सुवाशको अभावमा उनको सीप, कला शालीनता, वैभवको क्षति पुरा गर्ने शीलशीलामा हामीहरुले उहाँलाई सधै स्मरण गर्ने गरौ भन्ने श्रद्धाभाव प्रकट गर्दै विदा चाहान्छु ।@फेसबुक बाट ।