काठमाडौंः संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा राजकीय सम्मान दिने निणर्य गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज निधन भएका नेम्वाङको निधनमा राजकीय सम्मान दिने निणर्य गरेको हो । यस्तै सरकारले नेम्वाङको अन्त्येष्टिको दिन राष्ट्रिय बिदा दिने निणर्य समेत गरेको छ ।
छोराहरु विदेशमा भएकाले आइपुगेपछि अन्त्यिेष्टि गरिने दिन सार्वजनिक विदा दिने निणर्य गरेको जनाइएको छ ।
बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।
संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राजकीय सम्मान दिने निणर्य गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्री शर्माका अनुसार सरकारले उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निणर्य समेत गरेको छ । संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो । उहाँका छोराहरू विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गरिने भएको छ ।@onlineradionepal बाट ।