इलामः सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुँने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले इलाम नगरपालिकामा बुधबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सार्वजनिक सूचनालाई गोपनियताको हकमा बाँध्न नमिल्ने सूझाए ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले नागरिकलाई बलियो बनाउँन सूचनाको अधिकार आवश्यक रहेको बताए । उनले नागरिकलाई सूचना उपलब्ध गराउँन सार्वजनिक निकायको दायित्व भएको बताउँदै, आयुक्त मैनालीले भने – ‘सूचनाले सुशासन स्थापनामा खरबदारी गर्न सहयोग गर्छ ।’
‘सार्वजनिक निकायले अनिवार्य जिम्मेवारीका साथ सूचना अधिकारी तोक्न आग्रह गर्दै सूचना अधिकारीको छुट्टै इमेलको समेत व्यवस्था गर्नु पर्छ आयुक्त भने-भरसक निशुल्क समयमै सुचना दिने व्यवस्था मिलाउँनुहोस । स्थानीय तहले पनि सूचना दिनुपर्छ । नभए हामी, सूचना नदिएको उजुरी परेमा कानुन बमोजिम कारबाही गर्न बाध्य हुनेछौं ।’
मैनालीले सबै सरकारी कायालय, स्थानीय सरकाले तीन तीन महिनामा प्रकाशन गर्नुपर्ने सबै खालको सूचना वेवसाइटमा सार्वजनिक गर्न अनुरोध गर्दै, स्वत प्रकाशन हुने सूचना सार्वजनिक गर्नुहोस भने ।
‘स्थानीय तहसँग पैसा छ, सबै नागरिकलाई सूचनाको विषयमा जानकारी गराउँने कार्यक्रम गर्नुहोस आयुक्त मैनालीले भने-सूचनाको हकको प्रयोगले सुशासन पुग्न योदान दिन्छ ।’
कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले सूचनाको अधिकारलाई सहि सदुपयोग गर्न आग्रह गरिन् । सूचनाको पहुँच भन्दै सामाजिक सञ्जालको दुरूपयोगले नागरिकमा नकारात्मक धारणाको विकास हुन थालेको बताइन् ।
जनप्रतिनीधि कर्मचारी समुदाय सञ्चारकर्मी एवं सरोकारवालासँग अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले सार्वजनिक निकाय जिम्मेवार र जवाफदेही हुनु पर्नेमा जोड दिदै, सूचनाको अधिकारलाई कार्यान्वयन गर्नुपर्ने बताए ।
पोख्रेलले सूचनाको कार्यान्वयनले नागरिको समस्या समाधान गर्न सहज हुने भन्दै नागरिक सेवा समेत सहज हुने बताए । उनले नागरिकलाई जिम्मेवार बनाउँन सूचनाको पहुँच बिस्तार गर्नु आग्रह गर्दै, खुल्ला सरकारले अनुशासनलाई संस्थागत गर्ने विस्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लभ भट्टराईले सूचना नै सुशासनको जग भएको बताए । उनले सार्वजनिक संस्थाले सूचनालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिदै, सूचनाका विषयमा सूचना अधिकारीलाई जिम्मेवार सूचना अधिकारी बनाउँन आग्रह समेत गरे ।
इलाम नगरपालिकाले व्यवस्थापन गरेको कार्यक्रममा नगरपालिकाको कार्यपालिका सदस्य, नगरपालिका मातहतका कार्यालयका सूचना अधिकरी, सबै विद्यालयका सूचना अधिकारी, जनप्रतिनीधि, सञ्चारकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा आयोगका उपसचिव रामप्रसाद ढकाल र सूचना आयुक्त रत्नप्रसाद मैनालीले सूचना अधिकारका विषयमा छलफल पत्र प्रस्तुत गरेका थिए ।