इलामः मार्टिन चौतारी काठमाण्डौले शुक्रबार इलाममा गैर सरकारी संस्थाको विषयमा छलफल सम्पन्न रेको छ ।
चौतारीले “संघीय व्यवस्थामा गैरसरकारी संघ-संस्था ः सञ्चालन र व्यवस्थापनका विविध पक्ष” विषयमा सरोकारवालासँग छलफल गरेको हो ।
कार्यक्रममा जिल्लाका विभिन्न गैरसरकारी संस्थाका सहभागी पदाधिकारी तथा प्रतिनीधिले गैरसरकारी संस्था सञ्चालनका अनुभव तथा समस्याका विषयमा जानकारी गराएका थिए ।
छलफलमा सहभागी गैरसरकारी संस्थाका प्रतिनीधि तथा पदाधिकारीले गैर सरकारी संस्थाको कामले सरकारलाई नै सहयोग गर्ने भएकोले संस्थाको कामलाई सहज बनाउँने नीति व्यवस्थापन गर्न आग्रह समेत गरे ।
विविध सामाजिक विषयमा विगत तीन दशकदेखि बहस र अनुसन्धान गर्दै आएको काठमाडौँस्थित गैरसरकारी संस्था मार्टिन चौतारीले संस्था दर्ता, नवीकरण र परियोजना स्वीकृति प्रक्रियाबारेका अनुभव, गैसस सञ्चालनबारे स्थानीय तथा प्रादेशिक नीति र कानूनदीगोपनका चुनौती र गैससको अबको बाटो के हुुन सक्छ भन्ने विषयमा छलफल चलाएको चौतारीका देवराज हुमागाईंले जानकारी गराए ।
छलफल गैरसरकारी संस्थाको सहयोगमा स्थानीय स्थानीय कार्यक्रम संयोजन महेन्द्ररत्न बहुमुखी क्याम्पसका माधव प्रसाद गर्तौला गरेका थिए ।