इलामः जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) बासुदेव खतिवडाले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्ने बताए ।
उनले शुक्रबार जिल्ला सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा सबै नागरिकको सहयोग आवश्यक रहेकोले सरोकारवालासँग मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
जिल्लामा बढ्दै गएको आत्म हत्या, लागुु औषधको प्रयोग, बालबालिकाको अपराधमा सम्लग्नता नियन्त्रणको काम स्थानीय सरकार, सरोकारवाला, घरपरिवारबाटै हुनुपर्नेमा जोड दिदै, भने – ‘नेपाल प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न सक्दैन । सर्व साधारण सबैको सहयोग आवश्यक छ ।’
कार्यक्रममा जिल्लाका क्रियाशिल सञ्चारकर्मी सहभागी कार्यक्रममा जिल्लाका विभिन्न सुरक्षा, अपराध, चोरी, हिंसा, सीमा सुरक्षा, खुल्ला सीमाले ल्याएकाे समस्या, चुरे क्षेत्रकाे चोरी निकासीलगायतका विषयमा जानकारी आदान प्रदान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एसपी खतिवडाले बरखरै सरुवा भई इलाम आउँनु भएकाे हो ।