चेतना नाट्य समूहको प्रस्तुति ‘हजार अनुहार शहरमा’ म्यूजिक भिडियो सार्वजनिक


सेवारो खबर  1261 पटक हेरिएको

इलामः चेतना नाट्य समूह इलामले म्यूजिक भिडियो सार्वजनिक गरेको छ । समूहले चेतना थिएटर इलाम युुटुव अनलाइन मार्फत हजार अनुहार शहरमा म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

कवि हाङयुग अज्ञातको शब्द, दिनेश सुब्बाको संगीत र अनुपमा प्रधानको स्वरमा रहेको म्यूजिक भिडियो सार्वजिक गरेको नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी गराए ।

अन्वेश राई थुलुुङको परिकल्पना तथा निर्देशनमा रहको म्यूजिक भिडियो मनिश विश्वकर्माले छायाङ्कन गरेका हुन ।

भिडियोको इलाम नगरपालिको चियाबारी, पर्यटकीय क्षेत्र भालुुढुुङ्गा जाने बाटो आसपासका बस्तिका क्षेत्रमा सामान्य आइफोन मोबाइलको सहायताले छायाङ्न गरिएको छ ।

भिडियोमा भावना खपाङ्गी मगर, अनन्त राई लगायतको थिएटरका कलाकारहरूले अभियन गरेका छन् ।

थिएटरले जिल्लालाई चिनाउँने उद्देश्यले हरेक विषयमा इलामसँग जोडिएका प्रतिभालाई उजार गर्ने योजनाका साथ अघि बढ्ने बताइएको छ ।

थिएटरले इलाममा लामो समयदेखि नाटक, सडक नाटक, मञ्च नाटक, कचहरी नाटक उत्पादन, निर्देशन तथा प्रदर्शन गर्दै आएको छ । यस अघि एक सय ५० बढी नाटक प्रदर्शन गरि सकेको अध्यक्ष पोर्तेलले जानकारी गराए ।

म्यूजिक भिडियो लिङ्क :https://www.youtube.com/@chetanatheatreIlam

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार