‘प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्छ’- मन्त्री किराती

पत्रकारिता कमजोर हुँदै गएको आभाष


याम माबोहाङ लिम्बू  104 पटक हेरिएको

सन्दकपुरः सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुधन किरातीले प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपालको प्रदेशस्तरीय मिडिया सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री किरातीले आर्थिक स्रोतको रूपमा विकास भएको पर्यटन चिनाउँन र बेच्न सक्नुपर्नेमा जोड दिए ।

‘हामीसँग भएको अथाह प्राकृतिक स्रोतलाई पर्यटन व्यवसायमा बदल्नु पर्छ, मन्त्री किरातीले भने-हाम्रो सामजिक विविधता भित्रको सांस्कृतिक सम्पदाहरू पर्यटन व्यवसायका आधारहरू हुन । जसको विकास र प्रवद्र्धन वर्तमानको आवश्यकता हो ।’

मन्त्री किरातीले पर्यटनको सम्भावना भएको इलाममा रोङ गाउँपालिकादेखि सन्दकपुरसम्मको पर्यटकीय सर्किट बनाउँन बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्दै, पर्यटनले सामाजिक सदभावसँगै अन्तर घुलनमा सहयोग पुगेको विश्वास समेत व्यक्त गरे ।

‘ग्रामीण जनजीवनको चोक चोकमा पृथकता छ । फरकपनको पहिचान, खानपान, रहन सहन, संस्कार, संस्कृतिक विविधता हाम्रा गहना हुन । जसलाई व्यवसायमा बदल्न पर्यटनलाई व्यवसायिकता आवश्यक छ, भन्दै मन्त्री किरातीले भने-प्राकृतिक, सांस्कृतिक र भौगोलिक दृष्टिले इलामलाई चिनाउँन स्थानीय क्षेत्रमा योजनाबद्ध बिकासको आवश्यक छ ।’

पर्यटन मन्त्रीले किरातीले भने-‘इलाममा प्राकृतिक संस्कृतिको समिश्रण भएको रैथाने संस्कृति छ । जसको प्रवद्र्धन गरेर सास्कृतिक उत्खनन गर्नुपर्छ । व्यवस्थित रूपमा सस्कृति स्थापित हुन सकेको छैन ।’

पर्यटनको विषयमा पर्यटन संस्कृतिको आवश्यकता औल्याउँदै, पर्यटन विश्व विद्यालयको अवधारणाका विषयमा अध्ययन गर्न समिति समेत बनाएको जानकारी गराए ।

पत्रकारिता कमजोर हुँदै गएको आभाष

सन्दकपुरको पर्यटन विकासमा पत्रकारहरूको भूमिकाको विषयमा समेत अन्तरक्रिया हुँने सम्मेलनमा बोल्दै पर्यटन मन्त्री किरातीले पत्रकारिता कमजोर हुँदै, गएको आभाष भएको बताए ।

मन्त्री किरातीले सकारात्मक आलोचना गरेर कमजोरी केलाउँन सञ्चारकर्मीलाई आग्रह गर्दै, आम सञ्चारले आत्म समिक्षा गरेर अगाडि बढ्नुु पर्नेमा जोड दिए ।

समाजवाद उन्मुख देशमा समाजवादको निकास खोज्नु पर्ने बताउँदै मन्त्रीले भने ‘नेपालीपनको समाजवाद आवश्यक छ । नेपाली मौलिकता सहितको समाजवाद व्यवहारिक कार्यशैलीमा हो कि बोलीमा हो खोज गरेर प्रष्ट्याउँन आवश्यक छ ।’

उनले नेपाली राजनीतिमा अरूलाई थर्काउने आफै थर्किरहेको छ भन्दै गर्दै, वर्तमान सरकार लयबद्ध ढंगले अगाडि बढिरहेको जानकारी गराए ।

मन्त्री किरातीले अहिलेको सरकार बढो होसियारीका साथ अगाडि बढि रहेकोले सरकारलाई सबैले साथ सहयोग गर्न आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार