इलामः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाको विभिन्न सरकारी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
सूचनामा आउँदो असोज १ गतेदेखि शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रदेश सरकारी कार्यालय आसपासका क्षेत्रमा दुई महिनासम्म विरोध, धर्ना, जुलुस, र्याली, गर्न नपाइएको भदौ ३१ गते जारी सूचनामा उल्लेख छ ।
सूचनामा प्रदेश सभा, पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्तपताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोकसम्म, मुख्य मन्त्री निवास तीन सय मिटर वरिपरी, प्रदेश प्रमुखको कार्यालय र निवास वरिपरी तीन सय मिटर आसपास, जिल्ला प्रशासन कार्यालय डाँफे चोकदेखि पूर्वका क्षेत्रमा सभा जुलुस, र्याली, धर्ना जस्ता कार्यक्रम गर्न निशेधित क्षेत्र तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा (३,क) बमोजिम निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।
सूचनामा आदेशको उल्लंघन गरी उल्लेखित कार्यहरू गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ भनिएको छ ।
सूचना :