इलाम: इलामको फाल्गुनन्द सुकिलुम्बा विमान स्थल आउँदो असोजको पहिलो हप्ता गतेदेखि पुन: सञ्चालनमा आउँने भएको छ ।
मौसम प्रतिकुल नभए भदौंको ४ गतेदेखि सुचारू हुने विमानस्थलका कर्मचारी दिनेश सुन्दासले जानकारी गराए । उनका अनुुसार यो समाचार तयार पर्दासम्मा ५ जनाले टिकट बुक गरिसकेका छन् ।
नेपाल एयरलाइन्सको काठमाडौ-इलाम-काठमाडौ हप्ताको एक दिन बिहिबार काठमाडौबाट बिहान ६ः३० बजे र इलामबाट बिहान ७ः३० बजे उडान हुने विमान स्थल स्रोतले जनाएको छ ।
इलाम-काठमाण्डौका लागि सात हजार ९२ र काठमाण्डौ-इलामको भाडा सात हजार दुई सय ९२ रुपैया तोकिएको छ । यो भाडा दरको फेयर भाडामा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट भनिएको छ । फेयर चार्जको ५० प्रतिशत छुट गर्दा करिब १८ सय छुट हुने बताइएको छ । यस्तै विद्यार्थीलाई पनि फेयर भाडा बापतमा मात्रै २५ प्रतिशत छुटको व्यवस्था समेत रहेको विमान स्थल कर्मचारी सुन्दासले जानकारी गराए ।
विमानमा काठमाण्डौंदेखि इलामका लागि भने १९ जना र इलामदेखि काठमाण्डौं १५ जना यात्रु हुनुपर्ने बताइएको छ । फर्किदा यात्रु कम हुनका कारण जहाजको फ्यूल बोक्नु पर्ने भएकोले यात्रु संख्यामा असमान भएको हो ।
विमानस्थलका अनुसार यस अघि ६ हजार तीन सयमा इलाम काठमाण्डौं उडान भर्दै आएको एयरलायन्सले फ्यूल, प्यासेन्जर, भ्याट चार्ज समेत जोडिएकोले यस पटकको भाडा बढेको हो । गएको जेठ २२ गते अन्तिम उडान भरेको एयलायन्सले ११ वटा उडान गरेको थियो ।
काठमाडौबाट बिहान ६ः३० बजे र इलामबाट बिहान ७ः३० बजे उडान टिकट बुकिङ इसेवा, नेपाल एयरलाइन्सको मोबाइल एपबाट गर्न सकिने छ । यसका लागि ९८४१७०५००४ र ९८५११४२४९७ मा सम्पर्क गर्न सकिन्छ ।