मुलुकले नेम्बाङलाई किन ? सम्झिनु पर्ने !


सरोज फागो  428 पटक हेरिएको

धर्तीमा जन्मेको सवै मानिसको लागि मृत्यु समान छ । मुत्यु समान हुदाँ हुदै पनि अनुभव भने असमान हुदो रहेछ । मृत्यु हो जुन कुरा फेरि प्राप्त गर्न सकिदैन । त्यसैले सामान्य पीडा त जो कसैको मृत्युमा अवश्य हुन्छ । तर कतिपय मृत्युको पीडा भने अस्वाभाविक हुदो रहेछ । कतिपय मुत्यु सामान्य र कतिपय महान हुदाँ रहेछन् । तर धेरै सामान्य र हातमा गन्न सकिने थोरै मात्र महान हुदाँ रहेछन् । महान मृत्युप्रतिको सन्नटा परिवार, समाज र देश भरि छाउँदो रहेछ । देश भरिको नागरिकहरुको आँखामा आँसु पिलपिलाउदाँ रहेछन् । जन्म भन्दा मुत्यु महान हुदाँ रहेछन् । मरेर गए पनि मानिसहरुले कालजयी सम्झिरहने । यस्तै महान मुत्यु वरण गर्नु भयो संविधान सभाको अध्यक्ष, पुर्व सभामुख , नेकपा एमालेको उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले ।
नेम्वाङको पारिवारक अवस्था पनि राम्रै थियो । उनको बुवा इलामको न्यायधिस थिए । वहाँको राजनीतिक पृष्ठभुमी हेर्दा २०२८/०२९ बाट अघि बडेको देखिन्छ । वहाँले कम्युनिष्ट राजनीतिलाई अगाँलालेका थिए । वहाँ २०२९ मा महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको स्वोवियु सभापति हुनु भएको थियो । २०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेल पर्नु भएको थियो । २०४८ र ०५२ मा २ पटक राष्ट्रिय सभाको सदस्य हुनु भएको नेम्वाङ मोनमोहनको नेतृत्वको सरकारमा कानुन तथा न्याय मन्त्रि भई आफ्नो जिम्मेवारी समालेका थिए ।

इलाम निर्वाचन क्षेत्र नं २ बाट २०५६ सालदेखि हालसम्म निरन्तर रूपमा ५ पटक संसदीय निर्वाचन जिते । त्यसबखत उनी सार्वजनिक लेखा समितिको सभापति, निर्विरोध चार पटक सभामुख र दुई पटक संविधानसभाको अध्यक्ष बन्नु भएको थियो । पार्टी पोर्टफोलियोमा वहाँ स्थायी सदस्य तथा उपाध्यक्ष सम्मको जिम्मेवारीमा रहेर काम गर्नु भयो ।
स्वर्गीय सुवास चन्द्र नेम्वाङ्लाई मुलुकले धेरै कुरामा सम्झिरहने छन् । ति मध्ये संविधान सभाको अध्यक्ष भई खेल्नु भएको भूमिका महत्वपुणर् रहेको थियो । वहाँ संविधानसभाको अध्यक्ष रहनु भएको बेला अहिलेको जस्तो राजनीति परिस्थीति थिएन । सशस्त्र राजनीति प्रक्रियाबाट संसदीय पक्रियामा आएको माओवादी, मधेश क्षेत्रको नयाँ राजनीतिक पार्टीको संसदमा उपस्थिती, संसदमा प्रतिनिधि गर्ने विभिन्न दलहरूको आ-आफ्नै राजनीतिक मुद्दा , राजनीतिक बृतान्तबाट बाहिर रहेको समुदायहरूको अन्य मुद्दा, स्वदेशी तथा विदेशीको दबाव आदि सवैलाई व्यवस्थापन गरी संघीय गणतान्त्रिक संविधान जारी गर्नु त्यति सजिलो थिएन । यदि संविधान जारी नभएको भए राजनीति र समाजको अराजकता साथै विदेशीको चलखेल बढ्दै मुलुक नै असफलताको दिशातिर जान सक्थ्यो । वहाँको चलाखी, क्षमाता लगनशिलता, धैर्यता र समन्वयकारी भूमिकाको कारण मुलुकको दुर्घटना र असफल हुनुबाट बचेको थियो ।

राजनीतिमा निष्ठाले विशेष महत्व राख्दछ । राजनीति निष्ठामा आधारित नेतृत्वले मात्र आम समुदायहरुको विश्वास जित्न सुक्छ । र समाजलाई अनुशासित र व्यवस्थित मार्फत समृद्धितर्फ अगाडि बढाउन सक्दछ । वर्तमान नेपाली राजनीतिमा निष्ठा हराउदै गएको छ । राजनीति बेइमानी र जालझेलको चक्रव्युमा फस्दै गइरहेको छ । एक अर्को व्यतिm र दलहरु बिच विश्वास हराउँदै गएको छ ।

नेम्वाङले आफ्नो राजनीतिक निष्ठालाई कहिले बेइमानीमा रूपान्तरण हुन दिनु भएन । निष्ठावान राजनीतिमा कहिले विचलन हुनु भएन । राजनीतिमा व्याभीचार, बेइमान र जालझेलको अखडा हुदैं जादाँ वहाँ शत्तिसाल झै भएर उभिरहनु भयो । वहाँ निष्ठा राजनीतिको आस्थाको किरण हुनु हुन्थ्यो । व्याभीचार वबइमानीको अखडा बन्दै गइरहेको राजनीति वृतmमा वहाँले राजनीति निष्ठाको उज्यालो समाजमा छरि रहनु भएको थियो । राजनीतिमा निष्ठा खोज्ने आम कार्यकर्ता र समुदायको निम्ति आस्थाको केन्द्र विन्दुमा रहनु भएको थियो । वहाँको असमायिक निधनले राजनीतिमा निष्ठा खोज्ने आम कार्यकर्ता र समुदायहरूको आस्थामा ठुलो चोट लागेको छ । एक निष्ठावान राजनीतिक धरोहर ढलेको छ र मुलुकले अतुलनीय क्षति भएको छ ।

मुलुकले स्वार्गीय नेम्वाङलाई सम्झनु पर्ने अर्को कारण वहाँको साधा जीवन पनि हो । नेपालको जुनसुकै दलहरुको तलदेखि माथिसम्मको व्यतिmहरुको जीवनशैली अत्यन्तै शौखिन, खर्चिलो रवाफ टाइपको देखिन्छ । स्वार्गीय नेम्वाङ्मा त्यस्तो असोभनिय, खर्चिलो , झड्किलो ,रवाफिलो र शौखिन जीवनशैली अपाउनु भएन । वहाँसँग जानकारहरु भन्नु हुन्छ नेम्वाङ्ग अत्यन्तै सरल खानपान र जिवनशैली भएको व्यतित्व हुनु हुन्थ्यो । वहाको सादा जिवनशैलीलाई पनि आम नागरिक तथा आमसमुदायले मन पराएको देखिन्छ । राजनीतिक दलका सबै कार्याकर्ता तथा नेताहरूले वहाँको यो साधा जीवनलाई मात्र अँगाल्ने सके मात्र पनि धैरे राजनीतिक शाख बचाउन सक्थे र सक्छन ।

नेपालको राजनीति वृतमा मौलाएको विकृति मध्ये एक अर्का प्रति कटाक्ष तथा आलोचना गर्नू हो । सडक देखि सदनसम्म यो प्रवृती मौलाएको देखिन्छ । नेताको मुखबाट नागरिकहरूको सुख, दुख , अप्टेरोको विषय भन्दा पनि एक अर्को आलोचनमा नेताहरू समय खर्चिन्दै आएको पाइन्छ । देशको समृद्धि विकासको सिद्धान्त, नीति भन्दा पनि असन्तुष्टि व्यतिm र दलहरुप्रति हिलो छ्याप्नुमा नेताहरुको उचाई बढेको देख्छन् । आफुलाई सर्वश्रेष्ठ नेता भएको ठान्छन् । नागरिकहरुको कर मार्फत सेवा सुविधा लिएर बसेको संसदको वैठकमा समेत यो प्रवृती देखिएको छ । नेताहरुको यस्तो हर्कतले संसद जस्तो गरिमाय पदको अपमान त भएकै छ । भने जति विरोधीहरुको कडा आलोचना गर्‍यो तेती वरिष्ठ नेता भइने भाष्यको निर्माण हुँदै गएको छ । समाज र देश विकासको सिद्धान्त र नीतिको वहसको स्थान कटाक्ष र आलोचनाले लिदैं गएको छ ।

नेम्वाङ्ले आफनो राजनीति जीवनमा कसैको कटाक्ष र आलोचना गर्नु भएन । गर्नै पर्ने भएपनि बडो सभ्य र नरम भाषाको प्रयोग गर्नुभयो । वहाँले राजनीतिलाई सभ्य संस्कारबाट कहिले अलग गर्ने कोसिश गर्नु भएन । सभ्य राजनीति संस्कारले मात्र सभ्य समाज निर्माण गर्न सकिन्छ भन्ने कुरामा वहाँ सदा सचेत रहनु भएको थियो । सभ्य र सुसंस्कृत राजनीति निर्माणमा नेम्वाङ जीवन भरी लाग्नु भयो । नेपालको राजनीतिमा वहाँको यो राजनीतिक संस्कार हिजो पनि अमूल्य थियो, आज र भविष्यमा पनि मुलुकको लागि अमुल्य रहनेछ ।

नेपालाी वर्तमान राजनीतिमा भ्रष्टचार क्यान्सर जस्तै फैलिरहेको छ । औंलामा गन्न सकिने बाहेक सवै नेताहरु भ्रष्टचारबाट चोखो छैनन् । भ्रष्टचारको संजाल वडादेखि सिंहदरबारसम्म फेलिएको छ । नयाँ उदयमान पार्टीहरूमा पनि भ्रष्टचारको आक्षेप लाग्न थाली सकेको छ । विगतमा चप्पल पटकाएर पार्टी र शहर पसेका नेताहरुको जीवनशैली धर्ती र आकास जतिकै फरक देखिन्छ । एकै दिनमा ५० औ हजार खर्च गर्ने क्षमताको भएको छ । मध्यम वर्गको सवै नेताहरु आज विलासी हमल तथा महंगो सवारी साधनहरू प्रयोग गरिरहेका छन् । अधिक नाफा हुने क्षेत्रहरूमा करौडौ र अरर्बौ हिड्न लगानी गरेको छन । चुनावमा करौडौ खर्च गरेको छन । मोजमोस्तीमा उस्तै पैसा पानी झै बगाएको छन् ।

स्वर्गीय नेम्वाङको आर्थिक अवस्था मध्यम वर्गको नेताहरुको भन्दा माथि नै थियो । उनको आफ्नै बावु जिल्ला न्याधिश थिए । नेम्वाङ्लाई काठमाण्डौं उपत्यकामा सामान्य घडेरी घर जोड्न त्यति आपतिको विषय थिएन । तेतिसम्म जोडेको पनि देखिन्छ । यति जोड्नलाई वहाँले राज्यको कोष दुरूपयोग नै गरे भन्न तेस्रो आधार देखिन्दैन । भ्रष्टचार समाजको गम्भिर अपराध हो । एक जनाको मात्र नभई हजारौ मानिसको पसिना र श्रमको गाँस खोसिएको हुन्छ । हजारै मानिसहरूको सुन्दर सपनाहरू उजाड बनाई दिएको हुन्छ । नेपालको समग्र विकासको मुख्य वाधक पनि भ्रष्टचार नै भएको छ । राजनीतिक भ्रष्टचारको कारण मुलुक र्जर्जर बन्दै गइरहेको बेला नेम्वाङ भने यसबाट मुतm रही आफ्नो राजनीतिक छवि बचाई राखे । नेपाली आम नागरिकहरूले उनको यो छविलाई पनि विर्सने छैन ।

नेपालको राजनीतिकको इतिहास हेर्ने हो भने निणर्ायक मोडमा एक अर्का दलहरुमा सहाकार्य तथा समन्वयको पहलबाट नै परिवर्तन सम्भव भएको छ । निरकुंश पञ्चयाती शासन ढाली बहुदलीय व्यवस्था स्थापना गर्दा होस वा शाही शासन फाली गणतन्त्र स्थापनामा होस भिविन्न राजनीतिक दलहरुको सहकार्य तथा समन्वयबाट मात्र संभव भएको थियो । नेपालको राजनीतिक इतिहासको तितो सत्य कुरा यो निरन्तर रूपमा रहयो कि परिर्वन पछि देश, नागरिक र परिर्वनको पक्षमा भन्दा दलहरू आ—आफ्नो स्वार्थलाई महत्व दिदैं आएको पाइन्छ । विशेषगरी राजनीति घटनामा महत्व राख्ने २००७ र २०४६ सालको परिवर्तनलाई संस्थागत रूपमा स्थापित गर्नु नसक्नुमा दलहरुको आफ्नो र सत्तामुखी स्वार्थ नै मुख्य कारक देखिन्छ । भने गणतन्त्र पनि दलहरुको आफ्नो र सत्तामुखी स्वार्थको कारण धरापमा पर्दै गएको छ । गण्तान्त्रिक शासन व्यवस्था भनेको शासन व्यवस्थको उत्कृष्ट शासन व्यवस्था हो । यसलाई रक्षा गर्दै समता र समानतामा आधारति सामाजिक न्याय सहितको समाजवाद उन्मुख राज्य निर्माण गरी समृद्ध नेपाल र सुखी नेपालीको लागि दलहरूमा बलियो सहकार्य र समन्वयको आवश्यकता रहेको छ । यद्यपी सत्ता केन्द्रित दलहरुको चरित्रको कारण सहकार्य र समन्वय दलहरूबीच टुट्दै गएको कारण आफैले जन्माएको शिशु गणतन्त्र हुर्कन नपाई मृत्युशैयामा पुर्‍याएका छन् ।

नेपालको राजनीतिमा दलहरूबीच अविश्वासको दुरी बढ्दैं गई शासन व्यवस्था नै धरापमा पर्दै गएको आवस्थामा स्वर्गीय नेम्वाङ्लाई मुलुकले सम्झिरहने छ । विशेष गरी २०६२/०६३ को जनआन्दोलनपछि आन्तारिक पार्टी र बाह्य पाटीहरू बीच सहकार्य र समन्वयमा नेम्वाङ्को महत्वपूणर् भूमिका रहेको पाइन्छ । संविधान आफैमा राजनीतिक दलहरुको सम्झौता दस्तावेज हो । संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहकार्य र समन्वय बिना संविधान निर्माण तथा जारी असंभव नै थियो । विभिन्न राजनीतिक दलहरु चारैतिर मुख फकाई आ—आफ्नो डम्फु बझाइरहेको वेलामा संविधान सभाको अध्यक्ष हुनुको नाताले कुसलता पुर्वक दलहरु तथा दबावमुलक समुहहरूलाई एक ठाउँमा उभ्याई संविधान जारी गर्नु एक ऐतिहासिक कार्य थियो । दलहरुबीच एक अर्कामा विश्वासको खाडल बढ्दै गई शासन व्यवस्था नै धरापमा पर्न लागेको समयमा स्वर्गीय नेम्वाङ्ले अंगालेको राजनीतिक सहकार्य र समन्वयलाई सबै दल तथा नेताहरूले निरन्तर दिनु जरूरी रहेको छ ।

हाम्रो देश विभिन्न जातजाति, वर्ग, लिङ्ग, क्षेत्रहरु बसोवास गरेको मुलुक हो । ति विविधता नै हाम्रो देशको मुख्य विषेशता हुन । साथै सम्पति पनि हुन । हाम्रा् देशको यो सुन्दर पक्ष हो । कुरुप पक्ष चै हिडन रूपमा सामाजिक द्वन्द्व रही रहयो । समाजमा रहेको यो सामाजिक द्वन्द्वलाई व्यवस्थपान गर्दै आजको नेपालको वृहत विशेषताहरु अनुरुप राज्य निर्माण गर्दै जानु आजको आवश्यकता हो । यद्यपी धेरै शासक तथा दलहरुले सामाजिक द्वन्द्वलाई राजनीतिक तथा चुनावी दाउपेचको रूपमा मात्र धेरै प्रयोग गर्दै आएको देखिन्छ । समाजलाई भड्काउने सम्प्रदायिक कुराहरू गरेको छन् । नेम्वाङ् यो कुरामा सदैं सचेत रहे । वहाँलाई आफ्नो जाति प्रति केही नगरेको आरोप नलागेको होइन । ति आरोपहरूलाई सभ्य र नरम भाषामा खण्डन गर्थे । हाम्रो समाज विखण्डनतिर जादैं गर्दा स्वर्गीय नेम्वाङ्को यो भूमिका राज्यको लागि अतुलनिय रहेको छ ।

हाम्रो देशको राजनीततिक दलहरुको चुनौति भनेको नै नागरिक तथा समुदायहरुमा राजनीति प्रति आएको निरासा हो । राजनीति दल तथा नेताहरुमा बढ्दै गएको भ्रष्टाचार, व्याभीचार, बिलासिता, निष्ठा तथा सिद्धान्त र नीति बिहिन हुदै जानु नै यसको मूख्य कारण हो । सम्पूणर् दल तथा नेताहरुले आत्मालोचना गरी यी विषयहरुमा सुधार गरी मुलुकलाई सुशासन मार्फत समृद्धिको दिशा दिन सकेमा स्वर्गीय सुवास चन्द्र नेम्वाङ् प्रति न्याय गरेको हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार