समृद्वि समाजवाद बिना सम्भव हुँदैन- थापा ’बादल’


सेवारो खबर  196 पटक हेरिएको

इलाम: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले समृद्विः समाजवाद बिना सम्भव नुहुँने बताएका छन् । उनले नेकपा एमाले जिल्ला कमिटी इलामले इलाम चोक बजारमा आयोजना गरेको श्रद्वाञ्जली सभामा बोल्दै समाजवादी शासन व्यवस्था स्थापनामा सुवासचन्द्र नेम्बाङको योगदानलाई बिर्सन नुहुँनेमा जोड दिए ।

‘संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले समाजवादी व्यवस्थाका लागि देखेको सपना हामी सबैले पुरा गर्नु वर्तमानको आवश्यकता हो, उपाध्यक्ष थापाले भने-नेम्बाङ कम्युनिष्ट आन्दोलनमा सर्मपित लोकतन्त्रवादी नेता हुँन । वहाँकै नेतृत्वमा मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो, समावेशी लोकतान्त्र संस्थागत भयो, धर्मनिरपेक्ष राज्य घोषणा भयो ।’

एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री थापाले नेपाली समाजको विकास र प्रगतिका निम्नि कृषिको क्रान्ति बिना सम्भव नहुँने भन्दै, समाजको विकासका क्षेत्रमा समाजवादी शासन व्यवस्थालाई बैधानिकता दिन नेम्बाङको बलिदानलाई सबैले बुझ्न आग्रह गरे ।

‘नेम्बाङ सच्चा देशभक्त हुन । बाह्य हस्तेक्ष देशको स्वधिनका पक्षमा लड्नु भो । बाह्य हस्तक्षेपको विरुद्ध सर्घष गर्नुभयो, थापाले भने-समाजवादको दिशा तिर अगाडि बढेकोले मुलुकको संविधान निर्माण गरेर नेम्बाङले सच्चा देश भक्तको रूपमा नेपाली लोकतान्त्रिक क्रान्तिलाई बैधानिकता दिएका छन् ।’

मुलुकका लागि नेम्बाङले दिएको योगदानलाई सम्मान गर्दै, मूल्याङ्कन गरेर देशव्यापी श्रद्वाञ्जली सभा गरेको जानकारी गराउँदै उपाध्यक्ष थापाले वहाँले देखाएको बाटो र सपना पुरा गर्नु सम्पूणर् नेपालीको दायित्व भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार