इलामः संविधान निर्माणमा संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको योगदान र संविधानमा मानव अधिकारका सवाल विषयक विचार गोष्ठी बुधबार इलाममा सम्पन्न भएको छ । जिल्ला समन्वय समुतिको हलमा सम्पन्न भएको छ।
नवौ संविधान दिवस २०८०; का अवसरमा मानव अधिकार मन्चको संयोजनमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिनिधिसभा सदस्य माननीय महेश बस्नेतले संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको ७० वर्ष पछि संविधान जारी गर्न महत्वपूणर् भूमिका रहेको कुरा बिर्सन नसकिने बताए । उनले आगामी दिनमा आफु कुनै प्रकारको प्रलोभन र लालचमा नपरी देश र जनताको लागि काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।
नेकपा माओवादीका सह-इन्चार्ज कान्छा लावतिले संविधान जारी गर्ने कठिन अवस्थाको नेतृत्व गर्ने अवसर सुवास चन्द्रलाई मिलेको र संविधानसभाका अध्यक्षको हैसियत उहाँले प्राप्त गरिरहँदा इलामवासीले एउटा अभिभावक पाएको बताए । यतिबेला पार्टीहरू सरकार ढाल्ने र निर्माण गर्ने प्रक्रियामा मात्र अग्रसर भएको कारणले जनताको अधिकारलाई संविधानत स्थापित गर्न नसकेकोर्ले यसतर्फ लाग्नु पर्नेमा जोड दिए ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष भत्त केसीले संविधान निर्माणमा विधार्थी नेतादेखी विभिन्न राजनीति दलका व्यक्तिहरुसँगको समन्वय सहकार्यदेखी प्रभावित भएको बताए । तर यतिबेला संविधानमा उल्लेख भएका कुराहरुको कार्यनयनमा जोड दिन आवश्यक रहेकोले दलहरूले यसका काम गर्नुपर्नेमा जोड दिए ।
गैर सरकारी संघ का अध्यक्ष कमल नेपालले शान्त सरल शैलीका सुवासचन्द्र नेम्बाङ समन्वयकारी भूमिका निर्वाह गर्न सिपालु भएरै दुई पटक संविधानसभाका अध्यक्ष बनि संविधानलाई जारी गर्न सकेका बताउँदै, उनको योगदानको कदर गर्दै अघि बढ्नु वर्तमानको आवश्यकता औल्याए ।
जिल्ला समन्वय समितिको प्रमुख जयप्रकाश राईले संविधान निर्माणको क्रममा आएका बाधा अड्चनलाई सहेर देशको मुल कानुन जारी गरेका व्यक्तित्वले देखाएको बाटोमा लागेर यसको कार्यनयनमा लाग्न जोड दिए ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले स्वतन्त्रता, सम्म्मान र आत्मसम्मानको प्रत्याभूत भएको संविधान हामीले पाएको बताए । उनले यसका लागि नेम्बाङको महत्त्वपूणर् योगदान रहेको उल्लेख गर्दै, संविधानलाई कार्यनयन गर्न सकियो भने दिगो शान्ति स्थापना हुनेमा विश्वास व्यक्त गरे ।
मानव अधिकार मन्चका अध्यक्ष मोहनसिंह थेवेले असल गुणहरुको अनुयायी बन्न र असल नागरिक बन्न तर्फ लाग्नु वर्तमानको आवश्यकता भएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार मन्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्नाले स्वगत गर्दै संविधान देशको मुल कानुन हो यसलाई जारी गर्न स्थापित गर्न नेम्बाको भूमिकाका विषय उठान गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको मानव अधिकार मन्चका मनकुमार बराईलिले सञ्चालन गरेका थिए ।