झापाः नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पा (गर्जयाङ)ले ३ महिने रुपान्तरण अभियान बिपन्न जनताको न्याय र सुशासनसहित देशमा भ्रष्टाचार रोक्ने अस्त्र भएको बताए ।
संविधान दिवसको अवसर तथा मेचीनगर-१४ को रुपान्तरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै नेता शेर्पाले भने – ‘अभियानले गरीब निमुखा जनता आर्थिक पीडामा छन् । समाजमा सोशक-सामन्तीलाई पाखा लगाउँदै सत्य र इमान्दारीको उजागर गराउँछ ।’
माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष प्रधानमन्त्री पुस्पकमल दाहाल र पार्टीका उपाध्यक्ष तथा गृहमन्त्रीले भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको जानकारी गर्दै, देशमा भ्रष्टाचार निर्मुल नभएसम्म जनताले राहत नपाउने उल्लेख गरे ।
सासंद शेर्पाले देशको आमूल परिवर्तनका लागि माओवादी केन्द्रले जारी गरेको अभियान अस्त्र बन्ने दाबी गदै भने – ‘चिनी चिनीकै रूपमा हुनुपर्छ, चिनी नुन जस्तै नुनिलो भयो भने त्यसको औचित्य नै रहँदैन । त्यसैले माओवादी पार्टीको आफ्नै बिषेशता र एजेन्डामै रहनुपर्दछ । जनताको गुनासा-पीडा सुन्दै समस्याको समाधानका लागि अभियान लिएर जनतासँगको सम्बन्ध नङ्ग र मासुको जस्तै बलियो बनाउँनु पर्छ ।’
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मोहन राजबंशीले नेता कार्यकर्ताको आचण सुधार भए माओवादी पार्टीले जन अपेक्षा अनुसारको आमूल परिवर्तन गर्न क्ने बिश्वास बढेको उल्लेख गरे ।
माओवादी क्षेत्र नम्बर-१ संयोजक प्रकाश भण्डारीले माओवादी पार्टीले जनताको अधिकारकै लागि एकात्मक राज्य प्रणालीबाट संघीय राज्य प्रणालीमा राज्यको संरचना परिवर्तन गरेको बताउँदै, सिंहदबारमा केन्द्रीत हुने जनताको कार्य सम्पादनलाई सरल र सहज बनाउन राज्य पुनर्संरचनापछि स्थानीय तहबाटै जनताले अधिकार पाउँदै आएको बताए ।
प्रदेश कमिटी सदस्य अस्मिता तामाङ्ग, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया लगायतले जनताको सबै समस्याको सामाधानका लागि अभियान फालदायी हुने बताएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले, राप्रपा परित्याग गरी ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पाले दोसल्ला र अबिर लगाएर स्वागत गरे ।
सहिद परिवारलाई सम्मान
कार्यक्रममा सहिद नेत्र घिमिरेको परिवार नरेन्द्रप्रसाद-मेनुका घिमिरेलाई सम्मान गरिएको छ । सम्मानित घिमिरे नेकपा माओवादी पार्टी जिल्ला सदस्य समेत हुन् ।
कार्यक्रममा मेचीनगर-१४ का बिपन्न ३५ जना जेष्ठ नागरिक, १२ जना एकल महिला, १५ जना एकल पुरुष, १३ जना विद्यार्थी, ३ जना अपांग, ३ जना सुत्केरी महिलालाई साडी, भेस्ट, खादा र विद्यार्थीलााई कपि डटपेन प्रदान गर्दै प्रमुख अतिथि, बिशिस्ट अतिथि र अतिथिहरुले सम्मान गरेका थिए ।
३ महिने अभियानका मेचीनगर-१४ का संयोजक बाबुलाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा मेनुका घिमिरेले स्वागत मन्तव्य तथा शहिद सम्मान गीत प्रस्तुत गरेका थिए । बाबुलाल सुब्बाले औचित्य प्रकाश पारेको कार्यक्रमको सञ्चालन वडाका पार्टी अध्यक्ष हेमकुमारी शिवाकोटीले गरेकी थिइन् ।