‘मानव अधिकारको कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्छ’


सरिता राई  93 पटक हेरिएको

बिर्तामोडः समाजमा बढ्दो मानव अधिकार उलंघनको घटना न्युनिकरणमा सरकारले ध्यान दिनु पर्ने झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

मानव अधिकार मञ्च नेपाल इलामले महिला जनचेतना केन्द्र झापाको समन्वयमा मानव अधिकारको संरक्षण र अनुगमन अभिलेखिकरण सम्वन्धी साझेदार संस्थाहरुसँग गरेको अन्तरक्रियाका सहभागीहरुले मानव अधिकार उलंघनका घटना हुन नदिन तीनै तहका सरकार ध्यान दिनुपर्नेमा जोड दिए ।

नारी सञ्चार गृह झापाकी निर्वतमान अध्यक्ष भीमा शिवाकोटीले सही रुपमा मानव अधिकारको कार्यन्वयन नहुदा जतासुकै समस्या रहेको बताइन् । नागरिकको कुरा सार्वजनिक संस्थाले साना र पहुँच विहिनको कुरा नसुन्ने, चेत भएका वर्गले नै मानव अधिकारको उलंघनका घटना गराएको सुलासा गरिन् ।

मानव अधिकार एलाइन्स झापाको अध्यक्ष प्रेमा भटराईले विपन्न, आवाज विहिनहरू न्यायको ढोकामा पुग्दा मन्त्री र सरकारका उच्च पदस्थ अधिकारीबाट अन्याय खेप्नु परेको गुनासो गरिन् ।
प्रेस सेन्टर झापा अध्यक्ष राजु पाठकले दलिय आधारमा मानव अधिकारको संस्था खोल्ने गरेका कारण समाजमा सुशासन गुमेको बताए । उनले सुशासन कायम गर्ने विषयमा सबै तहका सरकारले मानव अधिकारका विषयलाई गम्भिर भएर ध्यान दिनुपर्नेमा जोड दिए ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले सरकारी पक्षमा मानव अधिकार कार्यन्वयनका लागि सकारात्मक सोच बनाउँनुपर्नेमा जोड दिइन् । प्रेस चौतारी नेपालका अध्यक्ष मनकुमार गदालले हामी आफैले मानव अधिकारको व्यवहारिक कार्यान्वयन गरेका छौं कि छैनौं भनेर प्रश्न गरेर व्यवहारिक रूपान्तर हुन नसके मानव अधिकार कार्यान्वयन नहुने बताए ।

दलित अगुवा गोपाल लकान्द्रीले संविधानमा उल्लेख गरिएका ब्यवस्थालाई सम्वन्धि पक्षले प्रभावकारी कार्यन्वयन गरे मानव अधिकारको प्रत्याभूत हुने बताए । उनले दलित समुदायले समाजमा कहिले सम्म समनता पाउने अगुवा लकान्द्रीको प्रश्न समेत गरे ।

कार्यक्रममा सहभागी सामाजिक अगुवाहरु नारायण पोखरेल लगायतले सरकार पक्ष न्याय दिन गम्भीर हुनु पर्नेमा जोड दिएका कार्यक्रममा मञ्चका कार्यक्रम संयोजक पारस राई र याम मावोहाङ लिम्बूले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार