‘सरकारले मानव अधिकार सम्मत कार्य सम्पादन गर्नुपर्छ’


सेवारो खबर  197 पटक हेरिएको

इटहरीः सरकारहले मानव अधिकार सम्मत कार्य सम्पादन गर्नुपर्ने सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले मानव अधिकारको संरक्षण र अनुगमन अभिलेखिकरण सम्बन्धि छलफल कार्यक्रमका सहभागिले सरकारले नै मानव अधिकारको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको छलफल कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौंपानेले मानव अधिकारकर्मी र राजनीतिकर्मीको पहिचान हुन नसकेको बताए । उनले मानव अधिकारका नाममा राजनीतिकरण गरेर न्याय मार्दै गएको बताए ।

‘मानव अधिकारका घटना भएपनि पीडितले न्याय पाउँन सकेका छैनन महासंघ अध्यक्ष न्यौपानेले भने-पीडकले नै पीडितलाई धम्क्याउँने गरेकाले न्याय पाउन सकेका छैनन् । घटना बाहिर आउन सकेका छैनन् । त्यसैले सरकारबाटै न्यायको सुनिश्चिताको आवश्यकता वर्तमानको आवश्यकता हो ।’

सञ्चारकर्मी तथा इन्सेक प्रतिनीधि जयकृष्ण यादवले संरक्षकबाटै पीडित झन पीडामा परेको बताए । उनले यौन हिंसामा परेका पुरुष तथा महिला दुबैको सवालमा प्रहरी अनुसन्धानका क्रममा पीडित झन पीडामा परेको घटना सार्वजनिक हुन नसकोले यस विषयमा सरोकारवालले ध्यान दिनुपर्नेमा जोड दिए ।

‘सत्ता र शक्तिको आडमा मानव अधिकारको सवाल गम्भिर बन्दै गएको छ सञ्चारकर्मी यादवले भने-पीडितले अझैपनि डराईडराई हिडन्ु परेको छ । राजनीतिक दबावका कारण नागरिक अधिकार बञ्चित हुदै गएका छन् । स्थानीय न्यायिक समितिले प्रभावकारी कार्य सम्पादन गर्न सकेको छैन । प्रक्रियागत रूपमा काम गर्न सकेका छैनन् ।’

अधिकारकर्मी गणेश खत्रीले बैदेशिक रोजगारमा गएको परिवारमा समस्या विकराल बन्दै गएको बताए । उनले रोजगारमा गएको व्यक्तिको कार्यस्थलमा हुने दर्घटनाको विषयमा सरकार बेखबर रहेको बताउँदै यता उनिहरूको घर परिवार समेत बिग्रिने गरेकोले यस विषयमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा भुमि अधिकारकर्मी चतुरलाल चौधरीले बैदेशिक रोजगारमा रहेका घर परिवारमा समस्या रहेको जानकारी गराए ।

भुमि अधिकार मञ्चका प्रदेश संयोजक शैलेन्द्र राईले सुकुम्बासीहरूको न्यूनतम आवासको विषयमा सरकार गम्भिर नहुँदा भूमिहिन सुकुम्बासीको संख्या बढ्दै गएको बताए । उनले सरकारको नीति अनुसार उनिहरूले पनि मानव अधिकार सम्मत आवासको सुविधाको सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

भूमि आयोग मार्फत सुकुम्बासीले आवासको सुविधाको व्यवस्था गर्नुपर्ने मञ्चका संयोजक राईले भने सुनसरी जिल्लामा भूमि आयोगले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । स्थानीय तहले यस विषयमा काम गर्नुपर्नेमा बेखबर रहेको छ । मोहीको अधिकारमा समेत ठगी धन्दा बढ्दै गएको छ ।’

अपाङ्गता अधिकार मञ्चका गोविन्द विष्टले स्थानीय सरकारले कानुन बमोजिम व्यवहार नगरेको बताए । उनले अपाङ्गता भएकै कारणले स्थानीय सरकारको विभेदमा परेकोले यस विषयमा सरोकारवाला गम्भिर हुन आग्रह गरे ।
महिला अधिकारकर्मी तथा सञ्चारकर्मी शोभा बजगाईले मानव अधिकार महिला मैत्री नभएको बताइन् । उनले महिलाको सवालमा सरका गम्भिर हुनुपर्नेमा जोड दिइन् ।

‘स्थानीय न्यायिक समितिले समेत विवादलाई प्रक्रियागत ढंगले व्यवस्थापन गर्न नसकेको भन्दै सञ्चारकर्मी बजगाईले भने मानव अधिकारलाई स्थानीय नेतृत्वले स्वीकार गरेका छैनन । यसमा विषयमा जानकार हुन आवश्यक छ ।’

अभियान नेपालको संयोजनमा भएको कार्यक्रममा नेपालका अध्यक्ष दिपेन्द्रराज कार्कीले अध्यक्षता गरेको कार्यक्रममा अहिले पनि हिंसामा न्यूनिकरण नभएको बताए । मानव अधिकारका विषयमा सरकारका प्रतिनीधिले यस विषयमा जानकारी राख्नुपर्नेमा जोड दिए ।

मानव अधिकार मञ्चका पारस राईले सहजिकरण गरेको कार्यक्रममा अधिकारकर्मी कृष्णप्रसाद भट्टराईः सञ्चारकर्मी लिलाराज भट्टराई लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार