मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि जलपाइगुडी र आर्मी भिड्ने


सेवारो खबर  66 पटक हेरिएको

मानेभञ्ज्याङ (भारत): मानेभञ्ज्याङ गोल्डकपको सातौ संस्कारको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ आम्ने साम्ने हुने भएका छन् ।

बिहिबार सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २-१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसँगको भेट पक्का गरेको हो ।

आर्मीको जितमा वाङदेन तामाङ नायक घोषित भए । उनले आर्मीका लागि २ गोल गरे ।

तामाङले ३६ औ मिनेटमा पहिलो गोल गरेका उनले ४१ औ मिनेटमा अग्रता दोब्बर बनाए । चाँदका लागि प्रविक तामाङले ५६ औ मिनेटमा सान्तवना गोल फर्काए ।

जितसंगै आर्मीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको छ ।

जलपाइगुडीले बुधबार भएको पहिलो सेमीफाइनलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७-२ गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।

आगामी अक्टोबर १५ (असोज २८) मा हुने फाइनल खेलको बिजेताले ८ लाख (५ लाख भारु) र उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । अक्टोबर २ बाट सुरु भएको प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार