विराटनगरः नव नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएको छ ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।