इलामः प्रदेश नम्बर १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले असोज ३० गतेदेखि धनकुटा बन्दको घोषणा गरेको छ । झुटो मुुद्दा लगाएर पक्राउ गरेको कार्यकर्तालाई बिना सर्त रिहाई नभएसम्म अनिश्चितकालिन बन्दको घोषणा गरेको सर्घष समितिले जनाएको छ ।
झुटा मुद्दा लगाएर प्रहरीले पक्राउ गरेको मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई जिल्ला प्रहरी कार्यालयको हिरासत राखिएको बताइएको छ । पाँच दिनदेखि हिरासतमा राखिएको कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय धनकुटाले आज, असोज २९ गते रिहा गर्ने आश्वासन दिएपनि अहिले साँझसम्ममा रिहाई नगरिएकोले भोलीको बन्दलाई निरन्तरता दिने जनाइएको छ ।
किरात याक्थङ चुम्लङका अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे सेर्पा, पहिचान सहितको प्रदेश नम्बर १ पुन नामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई र नेपाल सेर्पा संघ अध्यक्ष लाक्पा सेर्पाले हस्ताक्षर गरको विज्ञप्तीमा यातायात व्यवसायीहरू र उद्योग वाणिज्य सङ्घहरूलाई सहयोगको लागि अनुरोध गरिएको छ ।
विज्ञप्ती :