विभिन्न कार्यक्रम गर्दै इलाममा ६८ औं प्रहरी दिवस मनाइयो


सेवारो खबर  103 पटक हेरिएको

इलामः विभिन्न कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालय इलामले मंगलबार ६८ औं प्रहरी दिवस मनाएको छ ।

जिल्ला प्रहरी कार्यालय परिषरमा भएको कार्यक्रममा प्रहरी सेवामा कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
प्रहरी कामकार्वाहीमा उत्कृष्ट भूमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुस्कृत गरिएको छ ।

दिवसको अवसरमा इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाम प्रमुख प्रहरी निरीक्षक बिष्णु बहादुर खड्का, प्रहरी बरिष्ठ नायव निरीक्षक भोजकुमार रंजितकार, प्रहरी नायव निरीक्षक तारा कटुवाल, प्रहरी नायव निरीक्षक चन्द्र लिम्बु, प्रहरी सहायक निरीक्षक मन्जु चौधरी, प्रहरी सहायक निरीक्षक जोशन तामाङ, प्रहरी बरिष्ट हवल्दार बिजय राई, प्रहरी हवल्दार पुष्प भट्टराई, प्रहरी हवल्दार रिद्धि खनाल, प्रहरी हवल्दार गोपाल राई, प्रहरी सहायक हवल्दार सन्जय माबोहाङ लिम्बु, राजेश श्रेष्ठ र प्रहरी जवान यमुना पोखरेल पुस्कृत भएका छन् ।

प्रहरी दिवसकै अवसरमा समुदायमा नेपाल प्रहरीको भूमिका निबन्ध लेखन सहभागी भई विभिन्न स्थान हासिल गर्ने विद्यार्थीलाई पुुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा प्रथम हासिल गर्नुु हुने नन्द माध्यमिक बिद्यालयका छात्र मनिषा पाख्रिन, द्वितिय हुँने जोति सदन बोडिङ स्कुलका छात्रा कृपा चाम्लिङ राई र तृतिय भएका आदर्श माध्यमिक बिद्यालयका छात्रा प्रज्ञा न्यौपानलाई पुरस्कृत गरिएको जनाइएको छ । प्रतियोगितमा जिल्लाको बिभिन्न बिद्यालबाट १२ जना बिद्यार्थीको सहभागीता रहेको थियो ।

यस्तै, अमर प्रहरी कर्मचारीको परिवारलाई समेत सम्मान गरिएको छ । कर्तब्य पालनाको शिलशिलामा वीरगती प्राप्त सम्पूणर् अमर प्रहरी कर्मचारीहरुको सम्मानमा शोक सलामी दिई वीरगति प्राप्त अमर प्रहरी स्मारकमा रेथ अर्पण तथा माल्यार्पण गरियो ।
कार्यक्रम संगठन प्रमुख प्रहरी महानिरिक्षक बसन्तबहादुर कुवरले ६८ औ प्रहरी दिवसको शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले वाचन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोईरालासुरक्षा निकायका प्रमुखहरू, बिभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुखहरू, पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवारजन, संचारकर्मी, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

६८ औं प्रहरी दिवस


आज ६८ औं प्रहरी दिवस । हरेक वर्ष आजकै दिन प्रहरी दिवस मनाउँने चलन छ । बिक्रम सम्बत २०१२ साल असोज ३१ गते “प्रहरी ऐन २०१२” ले प्रहरी संगठनलाई बैधानिकता प्रदान गरेको दिनलाई प्रहरी दिवस मनाउँन थालियो ।

प्रहरी संगठनले बैधानिकता प्राप्त गरेको ६८ बर्ष लामो एवं गरिमामय ईतिहासमा यो विशेष दिन बिबिध कार्यक्रमका साथ आजकै दिन नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालयहरु,नेपाल प्रहरी प्रदेश कार्यालयहरु र जिल्ला प्रहरी कार्यालयहरुमा स्थापित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई वीर अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार