पक्राउ परेको कार्यकर्ता रिहाई भएपछि अनिश्तिकालिन धनकुटा बन्दा फिर्ता


सेवारो खबर  88 पटक हेरिएको

इलामः पक्राउ परेको कार्यकर्ता रिहाई भएपछि अनिश्तिकालिन धनकुटा बन्दा फिर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले पक्राउ परेका कार्यकर्ता मनकुमार याम्फु राई, बुलन चेम्जोङ लिम्बु र सानु लिम्बुलाई बिना सर्त रिहाई गरेपछि बन्दा फिर्ता गरेको सघंर्ष समितिले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

उनिहरूलाई गएको असोज २५ गते धनकुटाको चौबिसे गाउँपालिकाको घरैबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

कार्यकर्ताको निशर्त रिहाइको माग गर्दै ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले चरणबद्ध आन्दोलन घोषणा गरेर असोज ३० गते मंगलबारदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्दको घोषणा गरेको थियो ।

मंगलबार बिहानैदेखि जिल्ला सदरमुकाम लगायत धनकुटा प्रवेशको विभिन्न नाकामा आन्दोलनकारी शक्तिले बन्द गरेका थिए ।
विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनकै बलमा प्रशासनले पक्राउ गरेका तीनै जना योद्धाहरूलाई निशर्त रिहाइ गरेपछि अनिश्चितकालीन बन्द आजैबाट फिर्ता लिइएको यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँदछौँ ।’

बिज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार