इलामः इलाम नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको छ । नगरपालिकाले नेपालटार बजार, गोदक, जौबारी राजदुवाली क्षेत्रमा मंगलबार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा केही म्याद गुज्रिएका खाद्य पदार्थ, प्लाष्टिक जन्य सामग्री समेत बरामद गरेको जानकारी प्राप्त भएको छ ।
बरामद गरेको बस्तुको बारेमा बुझ्दा नगरपालिकाले एकमुुष्ट जानकारी गराउँने जनाएको छ ।
नगरपालिकाको उपमेयर बिष्णुकुमारी (दहाल) लिम्बुको संयोजकत्वमा नगरपालिकाको विभिन्न बजारमा अनुगमन भइरहेको बताइएको छ ।