इलामः इलामकी एक हिंसा पीडित महिलाले न्यायका लागि अधिकारीकर्मीलाई गुहारेकी छिन् ।
उनले मंगलबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै न्यायका लागि अधिकारकर्मीलाई आग्रह गरेकी हुँन् ।
गएको भदौं २४ गते राती करिब १ बजे देउमाई नगरपालिका ३ का २९ वर्षका सङ्गेस राईले घर आएर अभद्र व्यवहार गरी मार्न खोजेको घटनाको विषयमा प्रहरीलाई जाहेरी गरेपनि पीडकलाई कारबारी नगरेकोले न्याय माग्नुु परेकोे स्थानीय वडा सदस्य चन्द्र राईले जानकारी गराए ।
प्रहरीले जाहेरी दरखस्त बनाउँदा हप्काउँदै, मैले घटनाको बारेमा बताएको सत्यतथ्य जाहरीमा नलेखेलेको पीडकलाई कारबाही नभएको भन्दै समस्यामा परेको महिलाले भनिन-‘पीडकलाई कारबाही नगर्दा खुल्लेआमा रूपमा हिडिरहेको छ । मलाई मार्ने धम्कि दिएको छ । एकान्तमा घर भएकोले सञ्चले सुत्न पाएको छैन । मलाई न्यायलयले न्याय नदिएपछि तपाइहरू समक्ष आएको हुँ ।’
यस विषयमा जिल्ला प्रहरी प्रमुख वासुदेव खतिवडासँग बुझ्दा घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए ।
उनका अनुुसार अदालतबाट नै घटनालाई अगाडी बढाउन र म्याद थप गर्न नमिल्ने भन्दै म्याद थप नभएको हो । म्याद थप नभएका कारण पक्राउ परेको आरोपी छुटेको उनको जानकारी गराए ।
समस्यामा परेकी महिलाले पत्रकारसँग के भनिन
‘घरमा म एक्लै बस्दै आएको छु । श्रीमान विदेशमा छन् । गएको भदौं २४ गते दिउँसो । देउमाई नगरपालिका ३ का २९ वर्षका सङ्गेस राईसँग नेपालटार बजारबाट आइएमइबाट ९० हजार पैसा ल्याएको थिए । त्यहि दिनको राती म मेरै घरमा सुतिरहेको थिए । राती करिब १ बजे हुँनुपर्छ । उज्यालो थिएन । घरको किचनमा गड्यागडुङ आवाज आएपछि म व्यूँजिए । र उठेर किचनमा जाँदा दिउँसो पैसा ल्याउँन सहयोग गर्ने, सङ्गेस राई बसी रहेको देखे । मातेको अवस्था थियो । कताबाट आइस म तिम्रो परिवारलाई फोन गरौं भने । केही नभनी घाँटीमा समाई लछारपछार गर्दै लडाएर ममाथि चढेर मार्न खोज्यो । त्यतिबेला म कराए तर मेरो घरछेउमा खोला भएकाले कसैले सुनेन । नजिकै कनै पनि छिमेकीको घर छैन । मैले उसको छातीमा टोकेपछि छोडी भाग्यो । त्यहि समयमा मोबाइल कता उछिट्टिए छ । उज्यालो भएपछि मात्र भेँटे । विजुलीको एमसिबी झारेर बत्ति काटेको रहेछ, बिहान मात्र थाहा पाएँ । घटनाको बारेमा बिहानै छरछिमेकीलाई सुनाए । फोन सम्पर्क गरेर भने । घटनाको बारेमा तत्काल इलामका प्रहरी मंगलबारेलाई जानकारी गराएँ । जिल्ला प्रहरी कार्यालयमा झिकाए । प्रहरी कार्यालमै प्रहरीद्वारा जाहेरी दरखास्त बनायो । पीडक राईलाई पनि पक्राउ गरे । ल्याए, थुनामा राखेन । जिल्ला अदालतले म्याद थप गरेन । उ अहिले खुल्लेआम हिडि रहेको छ । मलाई मार्छु भनेको छ । एकान्तमा घर छ । उसको यो धम्किले सञ्चले सुत्न पाएको छैन । यस विषयमा कसैले सहयोग गरेको छैन । न्याय पाएको छैन । सहयोग गरिदिनु पर्यो ।’