देउमाई: भानुभक्त माध्यमिक विद्यालयले बुधबार बिद्यार्थी पुनर्मिलन तथा गुरुसम्मान कार्यक्रम गरेको छ ।
विद्यालयले २०३६ सालमा एसएलसी दिएका विद्यार्थीले तत्कालिन शिक्षकहरुलाई सम्मान गरेको जनाइएको छ ।
भानुभक्त माध्यमिक विद्यालयमा २०३३ सालमा कक्षा आठमा भर्ना भएर ०३६ सालमा एसएलसी दिएका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा सम्मान गरेका हुन ।
विद्यालयले तत्किालिन विद्यार्थी अहिलेका माध्यमिक शिक्षक बिष्णुकुमार घिमिरे, जिवनप्रसाद दुलाल, नरबहादुर कार्की, प्रकाशचन्द्र खनाल, दिवानन्द दुलाल र पुणर्चन्द्र श्रेष्ठलाई सम्मान पत्र सहित सम्मान गरिएको विद्यायले जनाएको छ ।
प्रावितर्फका शिक्षक तुलसीराम आचार्य, मुनादेवी श्रेष्ठ, यामलाल आचार्य र काशीराम चम्लागाइँलाई सम्मानित भएका छन् । सोही समयमा विद्यालयमा कार्यरत कर्मचारी कृष्णबहादुर कार्की र पृयसागर सापकोटालाई समेत सम्मानित भएको कार्यक्रम आयोजक समितिका घनश्याम गुरगाईले बताए ।
लामो समयपछि बिभिन्न पेशा र क्षेत्रमा छरिएर रहेका तत्कालिन बिद्यार्थी कार्यक्रमले भेट भेटघाट सहित खुसी साटासाट गर्न पाएका थिए ।
बिद्यार्थीले सम्मान सहित सम्झिएको भन्दै पूर्व प्रधानाध्यापक तथा अहिलेका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले सम्मान गर्ने विद्यार्थी प्रति आभार प्रकट गरे ।
कार्यक्रम संयोजक लक्ष्मण ढुंगेलको अध्यक्षतथा तथा विद्यालयका प्रधानाध्यापक वासुदेव कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक डाक्टर नरेन्द्र कट्वालले स्वागत गरेको कार्यक्रममा घनश्याम गुरगाई, श्यामलाल चम्लागाई, दुर्गाप्रसाद दाहाल, तारा कार्की, एकदेव खनाल, राजेन्द्र योङ्हाङले मन्तब्य राखेका थिए ।
कार्यक्रममा मुनादेवी श्रेष्ठ, पूणर्चन्द्र श्रेष्ठ, प्रकाशचन्द्र खनाल, चेतप्रसाद दवाडी, जवन दुलाल, नरबहादुर कार्की विष्णुकुमार घिमिरे लगायतले मन्तब्य राखेका थिए ।