श्रीअन्तुः सूर्योदय नगरपालिकामा रहको श्रीअन्तु प्रहरी चौकी नेपालकै सर्वोत्कृष्ट चौकी घोषित भएको छ ।
नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन २०८० मा जिल्ला प्रहरी कार्यालय इलाम मातहत प्रहरी चौकी श्रीअन्तु नेपालभरीबाट सर्वोत्कृष्ट भई प्रथम भएको छ ।
सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीको निरीक्षण तथा अनुगमन गर्दा प्रहरी चौकीहरु मध्येबाट प्रहरी चौकी श्रीअन्तु इलाम सर्वोत्कृष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक प्रकाश जबेगुले जानकारी गराए ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौले ६८ औं प्रहरी दिवशको अवसरमा प्रहरी चौकी श्रीअन्तुका चौकी इन्चार्जलाई पुरस्कृत गर्दै, “सर्वोत्कृष्ट प्रहरी चौकी श्रीन्तु घोषित गरेका थिए । उत्कृष्ट प्रहरी चौकी भएकोमा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवरले प्रशंसा पत्र दिएको बताइएको छ ।
गएको बर्ष नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन २०७९ मा ७७ जिल्ला मध्येबाट जिल्ला प्रहरी कार्यालय इलाम सर्वोत्कृष्ट भएको थियो ।
यस अघि नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन, २०८०” र “महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट प्रहरी कर्मचारी छनौट मापदण्ड, २०८०” बमोजिम अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रिय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी समेतको निरीक्षण अनुगमन टोलीले गएको असोज १४ गते प्रहरी चौकी श्रीअन्तुको निरीक्षण भएको थियो ।