माइजोगमाईमा म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरियो


सेवारो खबर  77 पटक हेरिएको

इलामः माइजोगमाई गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरेको छ ।

गाउँपालिकाले मुचुल्का खडा गरी गाउँपालिकाको रोहवर स्थानीय प्रहरी चौकीको उपस्थितीमा बुधबार नष्ट गरेको जनाइएको छ ।

चाडपर्व लक्षित बजार क्षेत्रको अनुगमन गर्दा सोडा १४ प्याकेट, सुदर्सन २ प्याकेट, थुक्पा ४, सुजि ४, टप विस्कुट २, नागिन खजना ४, नुर्डस भुजा २, तितिरी ५, बेसन ४, कुकुरे २, सुगर फ्रि ३ प्याटेक नष्ट गरेको छ । यस्तै बुटर २, क्वाटर ४, गुडलाइटको सुगर फ्रि ३, विस्कुट ११, पार्लजी विस्कुुट, दाममोट र बदाम जुस १-१ प्याकेट, पापर ५, चिजबल ३ प्याकेट नष्ट गरिएको छ । अनुगमनकै क्रममा फेला परेको स्प्राइट, ४ बोतल बरामद गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमन समितिको संयोजक श्री प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत पालिकाका कर्मचारी, प्रतिनीधि, बजार व्यवस्थापन समितिका पदाधिकारी, प्रहरीको उपस्थितिमा नष्ट गरिएको हो ।

चाडपर्बको समयमा हुनसक्ने सम्भावित कालोबजारी, ठगी तथा अखाद्य तत्वको बिक्री वितरणलाई नियन्त्रण गर्ने बजार अनुगमन गरेको पालिका उपाध्यक्ष सुनिता राईले बताइन् ।

म्याद गुज्रिएको अखाध्य वस्तुको सुचि:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार